ओलीको आग्रहः सकेसम्म सर्वसम्मतिले जाऔँ, मतदान नै चाहिए त्यो पनि हुन्छ

imagesimages

 

काठमाडौँ ।नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी महाधिवेशनमा मतदान गर्न चाहनेहरुका लागि मतदानबाटै पदाधिकारी चयन हुने बताउनुभएको छ ।  आईतवार दिउँसो पार्टी केन्द्रिय कार्यालय च्यासलमा एघारौँ राष्ट्रिय महाधिवेशनको प्रतिक चिन्ह (लोगो) सार्वजनिक गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । महाधिवेशनमा संगठनात्मक विषय, राजनीतिक प्रतिवेदनमा कुनै हेरफेर गरिराख्नुपर्ने अवस्था नरहेको बताउनु भयो । विधानमा ठूलो परिवर्तन गर्नुपर्ने केही नरहेको भएपनि आवश्यक परे केही छोटो विधिबाट गर्न सकिने स्पष्ट पार्नुभयो ।

Nepal life insurance

उन्नत सहमतिका साथ महाधिवेशनलाई एकताको महाधिवेशनको रुपमा अघि बढाउन उहाँको आह्वान छ । महाधिवेशन पुनःगठन, पुनः संरचना, रुपान्तरण, पुस्तान्तरणको थलो भएको बताउँदै सकेसम्म सहमतिका आधारमा पदाधिकारी टुंग्याउन आग्रह गर्नुभयो । सर्वसम्मति हुन नसके मतदान अनिवार्य हुने पनि स्पष्ट पार्नुभयो । एकतावद्ध भएर महाधिवेशनमा जान र कसैलाई अपमान नगर्न उहाँको आग्रह छ ।

उहाँले भन्नुभयो, ‘अब आउने महाधिवेशनमा संगठनात्मकमा कुनै परिवर्तन गर्नुपर्ने आवश्यकता छैन । भर्खरै विधान महाधिवेशनले गरेको छ । राजनीतिक प्रतिवेदनमा कुनै हेरफेर गरिराख्नुपर्ने अवस्था छैन । त्यो पनि विधान महाधिवेशनले गरिसकेको छ । विधानमा ठूलो परिवर्तन गर्नुपर्ने छैन । केही सानोतिनो परिवर्तन रहेछ भने महाधिवेशनले छोटो विधिबाट त्यसलाई गर्नेछ । लामो डिस्कशन हुँदैन । छोटो विधिबाट नै हामी टुंग्याउँछौँ । यस महाधिवेशनमा नीति, संगठनात्मक संरचना यि कुराहरुलाई अघि बढाउने नेतृत्व निर्माणको काम गर्नेछौँ । यसमा कुनै प्रकारको कतै असहमति राख्नुपर्ने ठाउँ पनि छैन, आवश्यकता पनि छैन । उन्नत सहमतिका साथ महाधिवेशनलाई एकताको महाधिवेशनको रुपमा अघि बढाऔँ । महाधिवेशन अवश्य नै पुनःगठन, पुनः संरचनाको थलो नै हो । तपाईंले त्यहीँ ठाउँमा बसेर खोलो छुन सक्नुहुन्छ, त्यही पानी छुन फेरि सक्नुहुन्न । नेकपा एमाले यस्तै एउटा गतिशिल पार्टी हो । अधिवेशन हुँदा केही हेरफेर, नयाँ केही साथी आउने, केही हट्ने हुन्छ । त्यसमा जस्तो खालको मागको स्टाइलले कुरा उठ्यो, पुनःगठन,परिवर्तन, हस्तान्तरण, पुस्तान्तरणको कुरा उठेको छ । हस्तान्तरण पनि हुन्छ, पुस्तान्तरण पनि हुन्छ, नगराँै भने पनि हुन्छ । आवश्यकताअनुसार हुन्छ नै । महाधिवेशनमा मतदान हुन्छ, कसैले मतदान गर्न नदिएर, मतदान नै नभएर सर्वसम्मति गर्नुपर्छ भन्ने नाममा कसैलाई अघि बढ्नै नदिएर रोक्ने काम हुन्छ की भन्ने काम हुँदैन । प्रतिष्पर्धा खुला हुन्छ, प्रतिष्पर्धा गर्न चाहनेले राम्रोसँग प्रतिष्पर्धा गर्न पाउँछ । तर अध्यक्षका हैसियतले मेरो आग्रह के हुन्छ भने जसले छोड्नुपर्छ सहमतिका साथ छोडौँ, जो बस्नुपर्छ, सहमतिका साथ बसौँ । सहमतिका साथ जाऔँ । भन्दै गर्दछन्, एमालेमा डेमोक्रेसी छैन, चुनाव नै लडेन । कसैलाई चुनाव लड्न दिइएन । नदिइएको होइन, एकतावद्ध भएर जाऔँ । कसैलाई अपमान नगरौँ । परस्परमा सम्मानको संस्कृति विकास गरौँ ।’

अध्यक्ष ओलीले प्रतिष्पर्धालाई एमालेले नराम्रो नमान्ने पनि स्पष्ट पार्नुभयो । आफूहरुले रोजेर नै प्रतिष्पर्धाको तरिका ल्याएको बताउनु भयो ।

 

Nepal life insurance

अन्य समाचारहरु