कस्तो छ फिल्म ‘पीआर’ को ट्रेलर ?

imagesimages

 

काठमाडौँ । शोभित बस्नेतको निर्देशनमा बनेको फिल्म ‘पीआर’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

ट्रेलरमा नेपालबाट पढ्नका लागि अष्ट्रेलिया पुगेका युवाहरूको संघर्ष, सपना, र यथार्थलाई केन्द्रमा राखिएको छ । अस्ट्रेलिया पुगेका अधिकांश नेपालीको मुख्य सपना पीआर पाउनु हुने तर, नेपालबाट ऋण लिएर पठाएको सन्तानले पैसा पठाउन नसक्दा उत्पन्न हुने पारिवारिक तनाव र विदेशमा भोग्नुपर्ने चुनौतीपूर्ण परिस्थितिलाई निर्देशक बस्नेतले फिल्ममा प्रस्तुत गरेको ट्रेलरबाट बुझ्न सकिन्छ ।

Nepal life insurance

मंसिर २६ गतेबाट प्रदर्शनमा आउन लागेको यस फिल्ममा आर ए सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा, नवीन घायल, नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम केसी नेपाल, दीक्पाल कार्की लगायतको अभिनय रहेको छ । फिल्ममा गणेश बुढाथोकीको लेखन छ ।

सलोन-सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको ‘पीआर’का प्रस्तुतकर्ता रञ्जित साह र सन्तोष तिवारी हुन् भने निर्मातामा लक्ष्मण सापकोटा र प्रदीप दाहाल रहेका छन् ।

ट्रेलरको लिंक: https://youtu.be/G__LOagqp6M 

 

 

images

Nepal life insurance