काठमाडौं – नेपाली कङ्ग्रेसले आगामी बिहीबार बस्ने संसदको बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सभासद्हरुलाई निर्देशन दिएको छ। अन्तरिम संविधान संशोधन गरी संविधान सभाको म्याद ४ वर्षको पुर्याउने प्रकृयामा सहभागी हुन कङ्ग्रेस संसदीय दलले यस्तो निर्देशन दिएको हो।
‘नेपालको अन्तरिम संविधान २०६३ को एघारौं संशोधन प्रस्ताव (धारा ६४ मा संशोधन गरि ” तिन वर्ष छ महिनाको ” को भन्ने शब्दहरुको सट्टा “चार वर्षको” भन्ने शब्दहरु राख्ने)’ र सोही दिन पारित गर्ने कार्यक्रम रहेकाले अनिवार्य उपस्थित भई सो संशोधन प्रस्तावको पक्षमा मतदान गर्नुहुन यो निर्देश जारी गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।
मंसिर ८ गते बिहीबार बिहान ११ बजे संसदको बैठक बस्दैछ।



