उनकै यादमा


– जगत प्रसाद आचार्य

अधिबक्ता, हाल दुबई

 

सत्र बर्से जवानीलाई सम्झी ल्याउदा  खेरी

त्यो बेलाकी प्रेमिकाको याद आयो फेरी


सुख दुख संगै बाड्ने बाचा गर्थ्यौ पहिले


भेट घाट नभएरै बर्षौ बित्यो अहिले


 


उनि जता भएपनि सम्झी रहन्छु मैले


उनको व्यथा बुझ्न पाईन हामी छुट्नु पहिले


मेरो लागि उनि धेरै छट्पटन्थिईन्  जहिले


त्यो बेलामा उनको इच्छा मारिदिए  मैले


 

images

आज फेरी देखे मैले उस्तै उस्तै परी


सपनीमा आई  घुम्छिन मेरै  वरिपरी

images

उस्तै रुप उस्तै बोलि उस्तै हाउ भाउ


भन्न कहिल्यै सक्दिनम मेरै नजीक आउ

images

 


उनकै यादमा आज म यो कविता लेक्छु


बिपनी वा  सपनी होस् उनीलाई नै देक्छु


त्यसले त जवानीलाई सम्झी सम्झी रुन्छु

Nepal life insurance

उस्तै कोहि देखे भने उनकै यादमा हुन्छु


 


मेरो व्यथा बुझिदिने तिमि थियौ पहिले


मेरो नजीक आइ राख माफी  देउ अहिले


बिगतको गल्तीहरु लाई सम्झदै छु  मैले


त्यसले त तिम्रो यादमा तड्पीरहेछु जहिले