सुमनाको प्रश्न- समानुपातिक सूची बुझाइसकेपछिको महाअधिवेशनले पुराना दलमा के फरक ल्याउला ?

imagesimages

 

काठमाडौँ । पूर्वमन्त्री सुमना श्रेष्ठले समानुपातिक बन्द सूची बुझाइसकेपछिको महाअधिवेशनले पुराना दलहरु भित्र के फरक ल्याउला भन्दै प्रश्न गरेकी छन् ।

सामाजिक सञ्जाल मार्फत सुमनाले  समानुपातिक बन्द सूची बुझाइसके पछिको महाअधिवेशनले पुराना दलहरु भित्र के फरक ल्याउला भन्दै नेतृत्व परिवर्तन सँगै प्रसाशन, शिक्षा, स्वास्थमा भएका पार्टीका संगठनहरू खारेज हुने प्रतिबद्धता नभएसम्म खास ठूलो परिवर्तन नहुने दाबी गरेकी हुन् ।

साथै उनले विदेशबाट र देशभित्र पनि गृह निर्वाचन क्षेत्र बाहिरबाट मतदानको अधिकार सुनिश्चित गर्न दलभित्र बाहिर सबैले पहल गर्न आग्रह गरेकी छन् । उनले भनेकी छन्- ‘विदेशबाट र देशभित्र पनि गृह निर्वाचन क्षेत्र बाहिरबाट मतदानको अधिकार सुनिश्चित गर्न दलभित्र बाहिर सबैले पहल गरौँ । गरिखाने वर्ग जसको परिश्रमले देश चलेको छ, उहाँहरूलाई अवहेलना नगरौँ ।’

 

Nepal life insurance

अन्य समाचारहरु