७ मंसिर, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा धर्नामा बसेका जनआन्दोलनका सहिद परिवार तथा घाइतेले प्रधानमन्त्रीको आगमनमा अवरोध पुर्याएका छन् ।
बुधबार बिहान ८ बजेदेखि को ३ नं। प्रवेशद्वारमा धर्नामा बसेका घाइते तथा सहिद परिवारले प्रधानमन्त्री चढेको गाडीलाई करिब १० मिनेट रोकेर अवरोध पुर्याएका हुन् । प्रधानमन्त्रीको आगमनमा अवरोध पुर्याउने १० आन्दोलनकारीलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए ।
सरकारले सहिद परिवार तथा जनआन्दोलनका घाइतेसँग विगतमा पटक(पटक गरेको सहमति कार्यान्वयन गर्नुपर्ने, सहिद घोषणा तथा घाइतेको उचित व्यवस्थापन गर्न आयोग गठन गर्नुपर्नेलगायतका मागसहित घाइते तथा सहिद परिवार आन्दालेनमा उत्रिएका छन् ।
जनआन्दोलन २०६२र०६३ सहिद परिवार तथा घाइते सरोकार समितिका अध्यक्ष मेघराज आचार्यले आफ्ना मागहरु पूरा नभए कडा आन्दोलनमा उत्रने चेतावनी दिनुभयो ।