अर्घाखाँची – भूमिकास्थानमा बजार अनुगमनको सकरात्मक प्रभावः उपभोक्ताले वस्तुको लेवल हेर्न थाले (तस्बिर सहित)

imagesimages

 

-गोपाल प्रसाद भट्टराई

मंसिर–२३,अर्घाखाँची , अर्घाखाँची – स्थानिय सरकारले बजार अनुगमन गर्न थालेपछि ग्रामीण भेगमा पनि उपभोग्य बस्तुको लेवल हेर्ने बानीको विकास भएको छ । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाले १० वटै वडामा नियमित रुपमा बजार अनुगमन गर्न थालेपछि नगरवासीहरुपनि उपभोग्य वस्तुको गुणस्तर हेरेर मात्रै उपयोग गर्न थालेका हुन् । “सुरु–सुरुमा त हामी अनुगमनमा जाँदा पसलेहरु ढोका लाएर हिड्ने गर्नुहुन्थ्यो, अहिले व्यवसायि र उपभोक्ता दुवै सचेत हुंदै जानुभएको छ ।” नगरस्तरिय बजार अनुगमन टोलिका निरिक्षण अधिकृत शंकर अधिकारीले भन्नुभयो ।

May be an image of text

नगरपालिकाबाट नियमित अनुगमन, सूचना सम्प्रेषण र सचेतनामुलक अभियान संचालन गर्न थालेपछि अहिले आफ्नो व्यवसाय दर्ता गर्ने, सामानको लेभलिङ्ग जाँच गर्ने र राज्यलाई कर तिर्ने कुरामा समेत व्यवसायिहरु अग्रसर बन्न थाल्नुभएको भूमिकास्थान नगरपालिकाका नगर प्रमुख झविलाल थापाको पनि भनाई छ ।

May be an image of one or more people, people smiling and treeNepal life insurance

व्यबसायिले मात्रै नभएर अहिले उपभोक्ताले समेत दैनिक उपभोग्य बस्तुमा हुनुपर्ने लेभलको जाँच गरेर प्रयोग गर्नेहरुको संख्या बढ्न थालेको नगर प्रमुख थापाले बताउनुभयो । उपभोग्य वस्तुमा उत्पादन मिति, एक्सपायर मिति र बिक्री मुल्य जस्ता लेभल हेरेर खरिद बिक्रि गर्ने, कानुनी मापदण्ड अनुसार व्यवसाय दर्ता गर्ने र राज्यलाई कर तिर्ने बानीको विकास भएको देख्दा आफुलाई निकै खुशी लागेको भूमिकास्थान नगर उप–प्रमुख बालकृष्ण बन्जाडेको भनाई छ ।

May be an image of one or more people and text

चालु आर्थिक बर्ष २०८२÷०८३ को पाचौं महिनामा विभिन्न वडामा ३ पटक बजार अनुगमन गरिएको र जसबाट अघिल्ला बर्षहरुमा भन्दा व्यवसायी र उपभोक्तामा सचेतना बढेको पाइएको प्रमुख प्रशासकिय अधिकृत जग्दीश चन्द्र नेपालीको भनाई छ ।

ब्यापार, व्यवसायमा गुणस्तरिय सेवा र वैद्यता प्रदान गर्नाले पालिकाको आन्तरिक आयमा वृद्धि हुने र नागरिकको स्वास्थ्यमा समेत सुधार आउने प्रमुख प्रशासकिय अधिकृत नेपालीको विस्वास छ ।

भूमिकास्थानले सोमबार वडा नम्बर ४, धारापानीको मूख्य क्षेत्र धाराबजार र आसपासमा रहेका सबैखाले पसलहरुको अनुगमन गरेको छ । अनुगमन टोलीका निरिक्षण अधिकृत अधिकारीको नेतृत्वमा, पशुविकास अधिकृत बलराम खनाल, रोजगार संयोजक पुस्कर मिश्र, धारापानी स्वास्थ्यचौकीका अहेब तारापती भट्टराई, उद्यम विकास सहजकर्ता बन्दना रावत र धारापानी प्रहरी चौकीको प्रहरी टोलीले ति स्थानका २० वटा बढि पसलमा अनुगमन गरेको हो ।

May be an image of one or more people and text

अनुगमन गर्दा म्याद गुज्रिएका तथा लेभलिङ्ग नगरिएका सामान नभेटिएको तर केही ब्यवसायीहरुले भने पसल दर्ता नगरेको, नविकरण नगरेको, शाइनबोर्ड तथा मुल्यसुची नराखेको पाइएको टोलीका संयोजक शंकर अधिकारीको भनाइ छ ।

May be an image of one or more people, newsagent and text

त्यस्ता व्यवसायीलाइ ७ देखि ३५ दिनभित्रमा नगरपालिकामा गएर पसल दर्ता र नविकरण गर्न निर्देशन गरेको टोलीले बताएको छ । नेपालको परिवेशमा बजार अनुगमन चाडपर्व लक्षित र कर्मकाण्डी हुन्छन् भन्ने गलत भास्यलाई चिर्दै भूमिकास्थानले बजार अनुगमनलाई नियमित गर्दै आएको अनुगमन निरिक्षण अधिकृत शंकर अधिकारीको दाबी छ ।

 

Nepal life insurance