



भालुबाङ्ग, लुम्बिनी प्रदेश – मंसिर १९ देखि २३ गतेसम्म लुम्बिनी प्रदेशको भालुबाङ्गमा आयोजित “आधारभूत मनोसामाजिक सहयोग तथा सामाजिक–भावनात्मक सिप सिकाइ तालिम” सम्पन्न भएको छ ।


सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेश र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको समन्वय, टि.पी.ओ नेपालको सहजिकरण र युनिसेफ नेपालको सहयोगमा समुन्नत नेपालले आयोजना गरेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेशका नि.सचिव दिवाकर भण्डारी, र विशिष्ट अतिथि शिक्षा तथा सामाजिक विकास निर्देशनालय, लुम्बिनी प्रदेशका नि. महानिर्देशक नारायण प्रसाद पोखरेलको उपस्थिती रहेको थियो ।

कार्यक्रमको अध्यक्षता समुन्नत नेपालका टिम लिडर नवराज जोशी र संचालन संस्थाका फील्ड अफिसर सागर परियारले गर्नु भएको थियो । समापन कार्यक्रममा बोल्दै नि.सचिव दिवाकर भण्डारीले, “बालबालिका र किशोर–किशोरीलाई सुरक्षित वातावरणमा शिक्षा र मनोसामाजिक सहयोग प्रदान गर्नु आजको आवश्यकता हो ।


यस्ता तालिमले सामाजिक परिचालकहरूलाई आवश्यक सीप प्रदान गर्दै समुदायमा सकारात्मक परिवर्तन ल्याउन सहयोग गर्ने भन्दै सस्था लाई धन्यवाद ब्यक्त गर्नु भयो ।” त्यस्तै नि. महानिर्देशक नारायण प्रसाद पोख्रेलले “समुदायमा बालबालिका र किशोर–किशोरीको भलाइका लागि सामाजिक–भावनात्मक सिप सिकाउने तालिमहरू महत्वपूर्ण भएको भन्दै सहभागीहरूले सिकेका ज्ञान र सीपलाई व्यवहारमा लागू गर्न सुझाव दिनु भयो । त्यस्तै सहभागीहरूले तालिमबाट प्राप्त सीप र ज्ञानलाई व्यवहारमा लागू गर्दै समुदायमा अझ प्रभावकारी रूपमा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

पाँच दिने तालिमको सहजीकरण टि.पी.ओ नेपालका फणिन्द्र अधिकारी र दुर्गा प्रसाद चौधरी ले गर्नु भएको थियो ।

तालिममा सहभागी २९ जना सामाजिक परिचालकहरूले मनोसामाजिक सहयोगका आधारभूत सिद्धान्त, सामाजिक–भावनात्मक सिप, समुदायमा सुरक्षित वातावरण निर्माणका रणनीति लगायतका विषयमा अभ्यास र समूह कार्यमार्फत सीप र ज्ञान हासिल गरेका थिए ।


समुन्न नेपालका अनुसार, संस्थाले मधेश र लुम्बिनी प्रदेशका सबै स्थानीय तह तथा तिन अन्तर्गतका सामुदायिक सिकाइ केन्द्रहरूको संस्थागत सशक्तिकरणमा निरन्तर काम गरिरहेको छ ।

विद्यालयबाहिर रहेका बालबालिका तथा किशोर–किशोरीलाई वैकल्पिक शैक्षिक कार्यक्रम र सचेतना गतिविधि मार्फत पुनः सिकाइमा जोड्ने उद्देश्यका साथ संस्था सबै तहका सरकारसँग लागत साझेदारीमा सहजीकरण तथा पैरवी गर्दै आएको छ ।
थप तस्बिर ः






