



काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएपछि अब गणना छिट्टै शुरु हुने भएको छ ।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले ८० वटा भोटिङ मेशिनबाट चिप्स निकालिसकेको जानकारी दिदै सबै चिप्सलाई कम्प्युटरमा राखेर मतगणना गर्ने बताएका छन् ।


सुब्बाले सबै ३४२ पदको मत परिणाम एकै पटक सार्बजनिक गर्ने बताएका छन् । उनले प्राविधिकहरुले साढे २ देखि ३ घण्टामा नतिजा निकाल्ने बताएका छन् ।
काठमाडौंको भृकुटीमण्डपमा बुधबार बिहान ९: २० बजेदेखि सुरु भएको मतदान विहीबार बिहान करिब पौने ७ बजे सकिएको थियो ।
नयाँ नेतृत्व चयनका लागि २ हजार २६३ प्रतिनिधि चयन भएकोमा २ हजार २२७ मत खसेको थियो । यस अनुसार ९८.२७ प्रतिशत मतदान भएको छ ।
आजै मतगणना सकिएपछि महाधिवेशन स्थल भृकुटीमण्डपमा समापन समारोह गर्ने तयारी गरिएको छ ।



