काठमाडौ – विशेष अदालतले सम्पत्ति सुद्धिकरण अभियोगमा पक्राउमा परेका सरिता गिरी राईलाई अनुसन्धानको लागि ३० दिन थुनामा राख्न विहीवार अनुमती दिएको छ ।
भारतीय राजदूतावासको उजुरीले वादी नेपाल सरकार र निर्मल राई भन्ने निरञ्जन होजाई समेत भएको सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेकी प्रतिवादी सरिता गिरी राईसंग माग गरे अनुसारको धरौटी रकम बुझाउन नसकेपछि ३० दिन थुनामा राख्न सम्पत्ति शुद्धीकरण विभागले अनुमति माग गरेको हो ।
राईको बैंक खातामा १ करोड ४३ लाख ८८ हजार ९ सय ९१ रुपैंया ७५ पैसा जम्मा हुन आएको र त्यो रकमको स्रोत खुलाउन नसकेपछि सम्पत्ति शुद्धिकरण विभागले अनुसन्धान गर्न थालेको विशेष अदालतका रजिष्टार धीरबहादुर चन्दले बताए । अर्का अभियुक्त निर्मल राई भनिने निरञ्जन होजाई भने फरार छन् ।



