रवि लामिछाने तत्कालदेखि पार्टीको जिम्मेवारीमा फर्किने

imagesimages

 

काठमाडौँ । रवि लामिछाने कानुनी प्रक्रिया पुरा गरेपश्चात राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिम्मेवारीमा फर्किने भएका छन् ।

कार्यवाहक सभापति डोल प्रसाद अर्यालले कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरी सभापति लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्किने जानकारी गराएका हुन् ।

अर्यालले उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई थुनामुक्त गर्न दिएको आदेशप्रति राष्ट्रिय स्वतन्त्र पार्टी सम्मान व्यक्त गरेको उल्लेख गर्दै विधिको शासन, कानुनी सर्वोच्चता र न्यायिक प्रक्रियाप्रति रास्वपा सदैव प्रतिबद्ध रहेको बताएका छन् ।

उनले सभापति लामिछानेमाथि लगाइएका झुटा मुद्दाहरू हाल यथावत् रहेको र यी मुद्दाहरू तत्कालीन निरंकुश सरकारले सुरु गरेको राजनीतिक प्रतिशोधको श्रृङ्खला भएको स्पष्ट भइसकेकोले अहिलेको नागरिक सरकारले आवश्यक कदम चाली यो प्रतिशोधको श्रृङ्खलालाई पूर्णविराम लगाउने छ भन्ने विश्वास पार्टीले लिएको बताएका छन् ।

अदालतको आदेशपछि आज केहीबेर अघि भैरहवा जिल्ला अदालतमा उपस्थित भएका लामिछाने प्रक्रिया पुरा गरेर रिहा हुदैछन् ।

 

Nepal life insurance

अन्य समाचारहरु