माओवादी लडाकु ५ औँ डिभिजन मुख्यालय अन्तर्गत दाङको संक्र्राम व्यारेकका घाइते तथा अपांग लडाकुहरुले आफ्ना माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । आज सक्राम व्यारेकमै पत्रकार सम्मेलन गरी उनीहरुले आफुहरुले दिएको अल्टिमेटमसम्म पनि माग पूरा नभए आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
घाइते तथा अपांगहरुले आजीवन पेन्सनको व्यवस्था, उपचारको ग्यारेन्टी, आफ्ना छोरा छोरीलाई शिक्षाको व्यवस्था गरिनुपर्ने लगायतका ९ बुंदे माग राखेका छन् ।
केही दिन अघि रोल्पास्थित दहवन मुख्यालयमा पुगेका प्रधानमन्त्री वावुराम भट्राई तथा माओवादी अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई पनि उनीहरुले यही माग बुझाउंदै एक हप्ता भित्रमा माग पूरा गर्न अल्टिमेटम दिएका थिए ।