काँग्रेस शेरबहादुर देउवाद्धारा अब बन्ने सरकार कांग्रेस नेतृत्वमा गठन हुने र त्यसको नेतृत्व आफुले गर्ने दावी

-खगेन्द्र अवस्थी

 

बैतडी – काँग्रेस नेता शेरबहादुर देउवाले अब बन्ने सरकार कांग्रेस नेतृत्वमा गठन हुने र त्यसको नेतृत्व आफुले गर्ने दावी गरेका छन् ।

प्रेस यूनियन बैतडीले सोमबार बिहान पाटनमा आयोजना गरेको पत्रकार भेटघाटमा देउवाले भने, ‘सहमतीय सरकारको नेतृत्व म गर्छु ।’

सरकारको नेतृत्वकालागि पार्टीको केन्द्रीय समितिले निर्णय गरिसकेको पनि उनले खुलासा गरे ।