पर्यटन प्रवर्द्धनको लागि त्रिशुलीमा रिभर गाईड तालिम

imagesimages

 

काठमाडौँ । पर्यटन प्रवद्र्धनको लागि त्रिशुली नदीमा युवाहरुलाई रिभर गाइड (र्‍याफ्टिङ) को प्रयोगात्मक तालिम दिइएको छ ।  नेपाल पर्यटन बोर्ड, नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल मेनेजमेण्ट (नाथम) र दिगो पर्यटन परियोजनाको सहकार्यमा तालिम दिइएको हो ।

नाथमका प्रधानाध्यापक अजयकुमार ढकालले रिभर गाईड नेपालको पर्यटन क्षेत्रमा चाहिने एक विशेष मानवीय स्रोत भएको बताउनु भयो । उहाँले ७० जनालाई तालिम दिन लागिएको जानकारी दिनुभयो । उहाँले नाथमले हालसम्म १ हजार २ सय ३८ जना रिभर गाईड उत्पादन गरेको पनि बताउनु भयो ।

तालिममा सहभागीहरुले नेपालमा मात्रै नभई संसारभर गएर नै काम गर्नसक्ने उहाँको भनाई छ । नाथमका प्रशासन विभाग प्रमुख ज्ञानराज पण्डितले सैद्धान्तिक कक्षा नाथममा सञ्चालन गरेर प्रयोगात्मक परीक्षाको लागी त्रिशुली नदीमा ल्याएको जानकारी दिनुभयो । उहाँले प्रयोगात्मक परीक्षामा उत्तिर्ण भएकोहरुले लाईसेन्स प्राप्त गर्ने बताउनु भयो ।

नेपाल एशोसिएशन अफ ¥याफ्टिङ एजेन्सिज (नारा) का उपाध्यक्ष शुक्र लामाले रिभर गाईड जति उत्पादन गरेपनि अभाव हुने गरेको बताउनु भयो । विभिन्न देशबाट रिभर गाईडको माग आउने भएकोले रिभर गाईडहरु विदेशमा गएर काम गरिरहेको उहाँले जानकारी दिनुभयो । उहाँले हाल रिभर गाईडको माग पूरा गर्न पनि धौ—धौ परिरहेको बताउनु भयो । उहाँले नेपालमा पनि रिभर गाइडको अभाव रहेको बताउनु भयो । उहाँले वर्षमा दुई पटक तालिम गर्न सकिए अझ राम्रो हुने पनि उल्लेख गर्नुभयो ।
हिमालयन रिभर राईड एशोसिएशन नेपालका पूर्वअध्यक्ष मानध्वज गुरुङले ¥याफ्टिङ एडेभेञ्चर स्पोर्ट भएको बताउनु भयो । खतरामा रमाउन चाहने पर्यटकहरुलाई जोगाउनको लागि तालिम प्रदान गर्न लागिएको बताउनु भयो ।

उहाँले खोलामा पर्यटकको सुरक्षा, रेस्क्यु लगायतका बारेमा गाईडहरुलाई तालिम दिने बताउनु भयो । अहिले ७० जनाले तालिम लिइरहेको उहाँले बताउनु भयो । उहाँले हाल भएको तालिम लाईसेन्सको लागि मात्रै भएको बताउनु भयो । लाईसेन्सको तालिम अगाडी रेस्क्यु तालिम, फ्रस्टेट ए एल सिपिआर तालिम छुट्टै हुने पनि जानकारी दिनुभयो । उहाँले पछिल्लो समय ¥याफ्टिङ गाईडको माग पनि बढेकोले तामिल लिन आउनेहरुको संख्यामा वृद्धि भएको उल्लेख गर्नुभयो । विभिन्न स्थानिय तहमा ¥याफ्टिङको संस्कृति फैलिए पनि पछिल्लो सयम जलविद्युत आयोजना निर्माणका क्रममा ड्याम बन्ने गरेकाले ठूला नदीहरुमा चाहीँ समस्या आएको बताउनु भयो । ड्याम बन्ने गरेकाले ठूला नदीहरुमा ¥याफ्टिङ सञ्चालन गर्न नसकिएको उहाँको गुनासो छ ।

तनहँु आँबुखैरेनीबाट आउनुभएका प्रशिक्षार्थी रविन गुरुङले ¥याफ्टिङको लाईसेन्स निकाल्नको लागि तालिम लिन आएको बताउनु भयो । उहाँले सन् २०२० देखि ¥याफ्टिङ सिक्न थालेपनि लाईसेन्सको लागि ४ वर्षभन्दा बढी सिक्नुपर्ने भएकोले तालिम लिन आएको उहाँले जानकारी दिनुभयो । उहाँले हाल गाईड सहायकको रुपमा काम गरिरहेको पनि बताउनु भयो । चितवनका सन्तबहादुर घर्ती आफूले स्थानीयस्तरमा ¥याफ्टिङ गराइहेपनि त्रिशुली नदीमा गर्दा धेरै अनुभव हासिल गरेको बताउनु भयो । उहाँले स्पिल, रिभर क्रसिङ लगायतका धेरै कुराहरुको अनुभव पाएको बताउनु भयो । काठमाडौंका रविन थापाले रिभर गाईडको प्रयोगात्मक तालिममा सहभागी भएर धेरै कुरा जान्न पाएको बताउनु भयो । उहाँले साना नदी र ठूला नदीमा ¥याफ्टिङ गर्नुमा धेरै नै भिन्नता रहेको पनि उल्लेख गर्नुभयो । उहाँले दुर्घटनाबाट बच्नको लागी डोरीलाई चलाने बारेमा जानकारी लिन पाएको बताउनु भयो ।

तालिममा सहभागी दीपेश नेपालले एडभेन्चरमा रहर भएकोले तालिम लिन आएको बताउनु भयो । उहाँले आफैँसँग ¥याफ्टिङ कम्पनी रहेको पनि जानकारी दिनुभयो । उहाँले तालिममा पर्यटकलाई रेक्यु गर्ने टी रेस्क्यू, थ्रो व्याक रेक्यू, कायक रेक्यू लगायतका बारेमा जानकारी लिन पाएको बताउनु भयो । प्रशिक्षार्थी रमेश सुनुवारले ¥याफ्टिङ गाईडलाई निरन्तरता दिने र आगामी पुस्तालाई पनि तालिम दिने उद्देश्यले तालिममा सहभागी भएको बताउनु भयो । उहाँले अवसर आएमा यही कामको लागि विदेश जाने सोच बनाएको पनि बताउनु भयो । यसअघि पनि ¥याफ्टिङ गाईडको काम गरिरहेको भएपनि आफूसँग लाइसेन्स नभएको कारण लाइसेन्स लिनको लागी तालिममा सहभागी भएको उनको भनाई छ । तालिममा सहभागी अर्पणा पाण्डेले सानैदेखि आफूलाई एडभेन्चरमा सौख रहेकोले तालिममा सहभागी भएको बताउनु भयो । उहाँले आफूले दुई वर्षदेखि काम गर्दै आएको पनि जानकारी दिनुभयो ।

तालिममा सहभागीहरुलाई डोरी ड्रेसिङ गर्ने, स्वीङ गर्ने, बोर्ड फ्ल्पि गराउने, रिभर क्रस गराउने, पर्यटकको रेस्क्यू लगायतका बारेमा तालिम दिइएको हो । ¥याफ्टिङ गराउनु अगाडी पर्यटकलाई नदीको बारेमा जानकारी दिने, सुरक्षाको बारेमा जानकारी दिने, दुर्घटनामा भए उद्धार गर्ने, प्राथमिक उपचार लगायतका बारेमा पनि उनीहरुलाई जानकारी गराइएको हो । १५ दिने सो तालिम बिहीवारसम्म चल्नेछ । – agency

 

Nepal life insurance