विदेशमा बस्नेले नकरात्मकता मात्रै फैलाउने काम गरेः चन्द्र ढकाल

imagesimages

 

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा धेरै सम्भावनाहरु भएपनि विदेश बस्नेहरुले नकरात्मकता मात्रै फैलाउने काम गरेको आरोप लगाउनुभएको छ ।

Nepal life insurance

नेपालमा लैङ्गिक उत्तरदायी र दिगो पर्यटन प्रवद्र्धनका लागि “लैङ्गिक उत्तरदायी, दिगो तथा उत्थानशील पर्यटन उद्यम प्रवद्र्धन” विषयक उच्चस्तरीय नीतिगत संवाद कार्यक्रममा उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले नेपालमा लगानीको ठुलो सम्भावना रहेको भएपनि नेपालमा अब केही सम्भावना छैन भन्ने गलत भाष्य खडा गर्न खोजिएको बताउनु भयो ।

नेपाल बाहिर बस्नेहरुले सामाजिक सञ्जालमा नकरात्मक भावना फैलाएको उहाँको भनाई छ । उहाँले नकरात्मकतलाई चिर्दै अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले आन्तरिक पुँजी परिचालन गरेर नेपालमा धेरै परियोजनाहरु सञ्चालन गर्न सकिने बताउनु भयो । महासंघले आन्तरिक पुँजी परिचालन गर्नकै लागि १० अरव रुपैयाँ बराबरको नेपाल डेभलपमेण्ट पब्लिक लिमिटेडको स्थापना गरेको पनि जानकारी दिनुभयो । कम्पनीले ईनोभेट तथा नयाँ स्टार्टअपहरुमा लगानी गर्ने बताउनु भयो । अध्यक्ष ढकालले महिलाको सहभागिता बढाउन कानुन र नीतिगत सुधार गरेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा धेरै सम्भावनाहरु हुँदाहुँदै हामी नकरात्मक हिसावको मात्रै प्रचार प्रसार ग¥यौँ । नेपालमा केही सम्भावना छैन । नेपालमा केही भएको छैन भन्ने जुन भाष्य बनाइएको छ, त्यसलाई चिर्न आवश्यक छ । नेपालको आन्तरिक पुँजी परिचालन गरेर पनि केही सक्दैन भन्ने जुन एउटा खास गरेर समाजिक सञ्जालमा नेपालभन्दा बाहीर बस्नेहरुले नेपालमा सम्भावना छैन भनेर नकरात्मक भाष्य खडा गरिएको छ । नेपालम उद्योग महासंघले निजी क्षेत्रको एडभोकेसी गर्ने, रोजगारी सिर्जना गर्ने संस्था भएकोले हामीले के क्याम्पेन ग¥यौँ भने नेपालकै पुँजी परिचालन गरेर पनि धेरै ठूला आयोजना गर्न सकिन्छ है भन्ने एउटा म्यासेज दिनु थियो । यसका लागी निजी क्षेत्रका सबै व्यवसायीलाई समेटेर १० अरबको नेपाल डेभलपमेन्ट पव्लिक लिमिटेड भनेर कम्पनी संचालन ग¥यौँ र त्यो कम्पनीले स्टाटअप लगानीकर्ताहरुलाई ईक्वीटीको खाँचो भएमा सहयोग गर्नेछ ।  यो १० अरको कम्पनी संचालन गरेपछि १० अरबलाई यदी ईक्वीटी मान्ने हो भने करिब ४०÷५० अरब बराबरको चाँही परियोजनाहरू हामी आन्तरिक पुँजी परिचालन गरेर गर्न सकिन्छ । विशेष गरी कोरोना महामारीपछि पर्यटन क्षेत्र आन्तरिक रूपमा उल्लेखनीय रूपमा बढेको छ ।’ 

एकेडेमी अफ इनोभेसन फर इकोनोमिक डेभलपमेन्ट नेपालको आयोजना तथा नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र विकास कार्यक्रमको संयुक्त पहल अन्तर्गत सञ्चालित दिगो पर्यटन परियोजनाको सहकार्यमा बुधवार उच्चस्तरीय नीतिगत संवाद आयोजना गरिएको हो । कार्यक्रममा पर्यटन क्षेत्रमा समावेशी आर्थिक वृद्धि र महिला उद्यमशीलता प्रवद्र्धनका उपायहरूमाथि छलफल गरिएको छ । कार्यक्रममा होमस्टे, आवास सेवा, हस्तकला, खाद्य सेवा तथा समुदायमा आधारित पर्यटनजस्ता सुक्ष्म, साना तथा मझौला उद्यममार्फत महिलाहरूको उल्लेखनीय योगदान रहेको विषयमा छलफल भएको थियो ।

 

Nepal life insurance