काठमाडौं । भोली मंगलबारका लागि एमाले निकट युवा संघले अह्वान गरेको काठमाडौं उपत्यका बन्द फिर्ता भएको छ । युवा स्वरोजगार कोषले माओवादी कार्यकर्तालाई पैसा बाँडेको भन्दै बिरोधमा उत्रिएको युवा संघले आन्दोलनका कार्यक्रम अन्तर्गत उपत्यका बन्द घोषणा गरेको थियो ।
आन्दोलनरत युवा संघ र प्रधानमन्त्री डा. बाबुराम भट्टराईबीचको बार्तामा तीन बुँदे सहमति भएपछि बन्द फिर्ता दिएको युवा संघका उपाध्यक्ष हिराबहादुर केसीले बताउनुभयो । सहमति अनुसार स्वरोजगार कोषले हाल सम्म बाँडेको पैसाको बारेमा छानबिन गरि दोषीलाई कारबाही गर्ने र बाँडिएको पैसा फिर्ता ल्याउने सहमति भएको छ ।
यस्तै युवाहरुको संलग्नतामा अनुगमन संयन्त्र निर्माण गर्ने तथा आन्दोलनका क्रममा घाईते भएका युवा संघका कार्यकर्तालाई सरकारले उपचार खर्च बेहोर्ने सहमति भएको छ ।