बाबुराम भट्राईको सरकार पूर्ण रुपमा असफल

नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले बाबुराम भट्राईको सरकार पूर्ण रुपमा असफल भएको दावी गर्नुभएको छ । आज ललितपुरमा आयोजित कार्यक्रमपछि संचारकर्मीसंग कुरा गर्दै उहाँले सरकारको पहलका कारण नभई राजनीतिक दलहरुको सक्रियताले शान्ति प्रक्रिया अघि बढेको बताउनु भयो ।

 

बरु सरकारले सात बूँदे सहमति विपरित काम गरेको भन्दै खनालले सात बूँदे सहमतिपछि सरकार काम चलाउमा रुपान्तरण भईसकेको जिकीर गर्नुभयो ।

दलहरुले अब राष्ट्रिय सहमतिको सरकार बनाई शान्ति र संविधानलाई टुंगोमा पु-याउनु पर्ने उहाँको भनाइ थियो ।