चितवन कारगार झडप प्रकरण : छानबिनका लागि ४ सदस्यीय समिति गठन

चितवन कारागारमा भएको घटनाको छानविन गर्न सरकारले ४ सदस्य छानविन समिति गठन गरेको छ । गृहमन्त्रालयले गृहमन्त्रालयका सह-सचिव तथा सुरक्षा महाशाखाका प्रमुख शंकर कोईरालाको संयोजकत्वमा समिति गठन गरेको उपप्रधान एवं गृहमन्त्री विजयकुमार गच्छादारले संसदलाई जानकारी दिनुभयो ।


घटनाको छानविन गरि समितिले ७ दिनभित्र प्रतिवेदन पेश गर्न समय दिईएको गृहमन्त्री गच्छादारले जानकारी दिनुभयो । सरकारले जेलर चुडामणी शर्मा पौडेल, जेलको सुरक्षार्थ खटीएका प्रहरी नायव निरिक्षक शिव क्षेत्री तथा चितवन जिल्लाका प्रहरी उपरिक्षक खिनु आचार्यलाई पनि निलम्बन गरेको छ । जेलभित्रै तरुण दल चितवनका अध्यक्ष शिव पौडेलमाथी आक्रमण भएको भन्दै कांग्रेसले सरकारको जवाफ माग गर्दै संसद बैठक अरुद्ध गरेपछि गृहमन्त्री गच्छादारले संसदमा यो जानकारी दिनुभएको हो ।


घाईते पौडेलको अबस्था गम्भिर भएको भन्दै उपचारका लागि बरिष्ठ नशा रोग विशेषज्ञ डाक्टर उपेन्द्र देवकोटाको नेतृत्वमा स्वास्थकर्मीलाई चितवनमा पुराईएको जानकारी गच्छदारले जानकारी दिनुभयो । उहाँले चितवन कारागारमा भएको घटनलाई सरकारले गम्भिरतापूर्वक लिएको भन्दै छानविनबाट दोषी देखीने कसैलाई पनि नछाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


गृहमन्त्रीको जवाफपछि कांग्रेसका मुख्य सचेतक लक्ष्मण घिमिरेले यो घटनामा सरकारले कस्तो कदम चाल्छ २४ घण्टासम्म हेर्ने वताउनुभयो।