पहिलो पाईला नेपाल बुटवल शाखाको स्लो बाईक रेस प्रतियोगिता सम्पन्न: विनोद कालिराज विजयी (तस्बिर सहित)

imagesimages

 

अर्घाखाँची डटकम संबाददाता।

बुटवल — पहिलो पाईला नेपाल बुटवल शाखाको आयोजनामा बुटवल देविनगरस्थित लुम्बिनी बाणिज्य क्याम्पसको खेल मैदानमा भएको स्लो बाईक रेस प्रतियोगितामा विनोद कालिराज प्रथम भएका छन्। प्रतियोगितामा करिब ७० प्रतिस्पर्धी सहभागी भएका थिए, जसलाई पछि पार्दै कालिराजले पहिलो स्थान हासिल गर्न सफल हुनुभयो।

Nepal life insurance

त्यस्तै राजन गहतराज द्वितीय र मनोज आचार्य तृतीय हुनुभएको थियो। विजेताहरूलाई क्रमशः नगद रु ११,१११, रु ८,१११ र रु ४,१११ बाट पुरस्कृत गरिएको थियो।

May be an image of motorcycle, dirt bike and scooter

विजेताहरूलाई पुरस्कार प्रदान गर्दै पहिलो पाईला नेपाल बुटवल शाखाकी अध्यक्ष गोमा भट्राईईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी उपरिक्षक ईन्द्र बहादुर राना ले संयुक्त रूपमा सम्मान गर्नुभयो।

May be an image of one or more people, people playing football, motorcycle and scooter

सो अवसरमा बोल्दै प्रहरी उपरिक्षक रानाले सवारी साधन चलाउँदा ट्राफिक नियमको पालना गर्दा धेरै दुर्घटनाबाट जोगिन सकिने उल्लेख गर्नुभयो। अध्यक्ष भट्राईले भने, “प्रतियोगिता युवामा ट्राफिक सचेतना जगाउन र युवाहरूलाई एकिकृत गर्ने उद्देश्यले आयोजना गरिएको हो। पहिलो पाईला नेपाल बुटवल शाखाले समय समयमा सामाजिक उत्तरदायित्व बहन गर्दै रचनात्मक तथा सामाजिक कार्यमा संलग्न हुँदै आएको छ।”

May be an image of football and grass

कार्यक्रमका संयोजक सन्तोष सुनारले आगामी वर्षहरूमा पनि यस्ता प्रतियोगिताहरू मार्फत युवालाई एकत्रित गर्दै नयाँ रचनात्मक कार्यक्रम गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रम उपाध्यक्ष गौरव खनालको स्वागत तथा सचिव रुद्रप्रसाद खनालको सञ्चालनमा सम्पन्न भएको थियो।

कार्यक्रमका सहकोषाध्यक्ष सदस्य विकास पौडेले पनि सहभागीहरूलाई जानकारी प्रदान गर्नुभएको थियो।

 

Nepal life insurance