अर्घाखाँची: “छत्रदेव–४ हाडेकोट खानेपानी आयोजना सुरु, मुहान सिलान्यास र लिफ्ट प्रणाली उद्घाटन” (तस्बिर सहित)

imagesimages

अर्घाखाँची – छत्रदेव गाउँपालिका ४ मा निर्माणाधीन हाडेकोट खानेपानी तथा बृहत् लिफ्टिङ सरसफाइ खानेपानी आयोजनाको  मुहानको सिलान्यास र लिफ्ट प्रणालीको उद्घाटन

 

-केशब पन्थी ,अर्घाखाँची डटकम ।

अर्घाखाँची । छत्रदेव गाउँपालिका वडा नं. ४ मा निर्माणाधीन हाडेकोट खानेपानी तथा बृहत् लिफ्टिङ सरसफाइ खानेपानी आयोजना अन्तर्गत आज मुहानको सिलान्यास र लिफ्ट प्रणालीको उद्घाटन गरिएको छ।

May be an image of one or more people

छत्रदेव गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले जनप्रतिनिधि, उपभोक्ता समिति र स्थानीय बासिन्दाको उपस्थितिमा कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभयो। कार्यक्रममा उपाध्यक्ष मनि पन्थी, प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनाल, वडा अध्यक्षहरू, उपभोक्ता समिति अध्यक्ष र स्थानीय समाजसेवीहरू समेत उपस्थित थिए।

May be an image of one or more people, temple and text

निर्माण व्यवसायी बिडारी निर्माण सेवाका सञ्चालक राजकुमार बिडारीले करिब ८५ प्रतिशत काम सम्पन्न भइसकेको र लिफ्ट प्रणालीमार्फत पानीको सफल परीक्षण भइसकेको जानकारी दिनुभयो।

May be an image of one or more people and text

images

अध्यक्ष चन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो कि यो आयोजनाबाट शुद्ध पानीलाई ५०० मिटर उचाइ माथि हाडेकोटबाट मौलिपोखरा हुँदै कालिका मन्दिरसम्म पुर्‍याई संकलन गरिनेछ। संकलित पानी वडा नं. १, २, ३, ४ र ५ का बासिन्दालाई वितरण गरिनेछ।

May be an image of silo

images

उपाध्यक्ष मनि पन्थीले महिलाको दैनिकी सहज हुने उल्लेख गर्दै, अब बिहानै पधेरो धाउनुपर्ने बाध्यता अन्त्य हुने र समय बचत भई अन्य सिर्जनात्मक काममा संलग्न हुन सकिने बताउनुभयो। प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले यस आयोजनाले सिँचाइ र घरेलु प्रयोजन दुवैमा सहजता ल्याउने बताउनुभयो।

May be an image of silo

images

स्थानीयवासीहरूले लामो समयदेखिको खानेपानी समस्याको समाधानतर्फ ठोस पहल भएको भन्दै खुशी व्यक्त गरेका छन्। आयोजनापछि सयौँ घरधुरी लाभान्वित हुने अपेक्षा गरिएको छ।

May be an image of one or more people and the Western Wall

यस आयोजनाले स्थानीय विकास, स्वास्थ्य सुरक्षा, महिला सशक्तिकरण र कृषकका लागि दीर्घकालीन सुविधा सुनिश्चित गर्ने विश्वास व्यक्त गरिएको छ।

May be an image of one or more people

Nepal life insurance

स्थानीयवासीहरूले लामो समयदेखिको पानी समस्याको समाधान भएकोमा खुशी व्यक्त गरेका छन्।

थप तस्बिर :

#ChhatraDev #HadeKotWaterProject #CleanWater #LiftSystem #Arghakhanchi #LocalDevelopment #WomenEmpowerment #AgricultureSupport #ShuddhaPani #arghakhanchicom

May be an image of one or more people

May be an image of silo

May be an image of one or more people

May be an image of one or more people, temple and text

May be an image of one or more people and text

May be an image of silo

Nepal life insurance