खग्रास चन्द्र ग्रहण देखियो


 

– अतुल मिश्र

 

काठमाडौ – शनिबार राति सूर्य, पृथ्वी र चन्द्रमाको लुकामारीको रोमाञ्चक दृश्य अर्थात चन्द्र ग्रहण नेपाली आकाश लगायत विश्वका अधिकांश भूभागबाट देखियो ।

करिब ६ घन्टाको खगोलीय घटनाको समय चन्द्रमा पूर्णरूपमा पृथ्वीको ओटमा लुक्छ र उसमाथि सूर्यको प्रकाश पर्दैन । मुलुकबाट भने खग्रास चन्द्र ग्रहण साँझ साढे ६ वजे देखि देखिन थालेको हो ।

बीपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी विज्ञान संग्रहालय विकास समितिका अनुसार मुलुकमा यो ग्रहण शनिबार साँझ साढे ६ बजे चन्द्रमाको पूर्वबाट स्पर्श सुरु भएर ८ बजेर १७ मिनेटमा मध्य र राति १० बजेर ३ मिनेटमा पश्चिमतिरबाट मोक्ष भयो । मुलुकमा ३ घन्टा ३३ मिनेटको चन्द्र ग्रहण अवधि रहृउो भने खग्रास चन्द्र ग्रहणको अवधि साँझ ७ बजेर ५० मिनेट ४२ सेकेन्डदेखि राति ८ बजेर ४३ मिनेटसम्म रहृयो । यस्तै खग्रास चन्द्र ग्रहणको अवधि भने करिब ५३ मिनेटको रहृयो ।

नेसनल एयरोनोटिक्स एन्ड स्पेस एडमिनिस्टेसन (नासा)का अनुसार यो पूर्ण चन्द्र ग्रहणको दृश्य मध्यपूर्व एसिया, अफ्रिका, युरोप, अस्ट्रेलिया, उत्तरी अमेरिका र ग्रिनल्यान्डबाट देखिएको छ । यो ग्रहणको अवधि ५ घन्टा ५६ मिनेट रहृयो ।

चन्द्र ग्रहणमा चन्द्रमा र सूर्यको बीच पृथ्वी आउँछ । यस्तो स्थितिमा पृथ्वीको छाया चन्द्रमामा पर्छ । यसले गर्दा चन्द्रमाको छाया भाग अन्धकारमय रहन्छ र पृथ्वीबाट देखिँदैन । यही स्थितिलाई चन्द्र ग्रहण भनिन्छ । यस्तो मात्र पूणिर्माको दिन सम्भव हुने भएकाले चन्द्र ग्रहण मात्र पूर्णिमाको दिन नै हुने गरेको छ ।

जब पृथ्वीको छायाले चन्द्रमाको सम्पूर्ण भाग अन्धकारमय हुन्छ भने यो पूर्ण ग्रहण भनिन्छ । यस्तै जब चन्द्रमाको केही भागमा छाया हुन्छ, उसको त्यति अन्धकारमय भाग चापको आकारमा काटिएको देखिन्छ भने यस्तो स्थितिमा आंशिक चन्द्र ग्रहण हुन्छ ।

‘चन्द्र ग्रहणलाई बिनाउपकरण सोझै देख्न सकिने भएकाले यो रोमाञ्चक खगोलीय घटना ले सबैलाई आकर्षित गर्छ,’ समितिका सहकार्यकारी निर्देशक सनतकुमार शर्मा भन्छन्, ‘चन्द्र ग्रहण अवलोकन गर्दा वा चन्द्र ग्रहण लागेको समय मनुष्यमा प्रतिकूल प्रभाव पर्ने कुनै पनि वैज्ञानिक आधारहरू हालसम्म छैन ।’

 





 

आज साँझ ६:३० बजे खग्रास चन्द्रग्रहण लाग्दै

 

 

A partially eclipsed moon rises on the sky over Belgrade, Serbia, Wednesday, June 15, 2011. The total lunar eclipse was visible throughout most parts of Europe on Wednesday evening. (AP Photo/ Marko D

A partially eclipsed moon rises on the sky over Belgrade, Serbia, Wednesday, June 15, 2011. AP Photo/ Marko Drobnjakovic

 

काठमाडौं – आज साँझ ६:३० बजे खग्रास चन्द्रग्रहण लाग्दैछ। नेपाली समयअनुसार साढे ६ बजे सुरु भएको ग्रहण ८:१७ बजे मध्य हुनेछ र १०:३ मा मोक्ष हुनेछ। चन्द्रग्रहण ३ घण्टा ३३ मिनेटको हुनेछ। आजको ग्रहण खुला आँखा हेर्न सकिने खगोलविद्हरुले बताएका छन्। 

 

पृथ्वीले सूर्यलाई घुम्ने गति र चन्द्रमाले पृथ्वीलाई घुम्ने गति समान छैन। यही असमानता नै ग्रहण हुने कारण मानिन्छ। पृथ्वीको छायाँ चन्द्रमामा पर्दा चन्द्रग्रहण र चन्द्रमाको छायाँ पृथ्वीमा पर्दा सूर्य ग्रहण लाग्ने गर्छ।


पृथ्वीले सूर्यलाई र चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्ने क्रममा जब पृथ्वी सूर्य र चन्द्रमाको बीचमा आइपुग्छ, तब सूर्यको प्रकाशलाई पृथ्वीले छे किदिन्छ। यस्तो अवस्थामा चन्द्रमामा पृथ्वीको छायाँ देखिन्छ। छायाँको यस्तो अवस्था नै चन्द्रग्रहण हो। चन्द्रमाको पूरै भाग छायाँले छोपेको अवस्थालाई खग्रास चन्द्रग्रहण भनिन्छ।


पूर्वीय शास्त्रीय परम्परामा अलौकिक घटनाका रुपमा रूपमा हेरिने चन्द्रग्रहण लाग्दा सूर्य र चन्द्रमा एउटै राशिमा पर्ने र यो बेला दान-जप आदिजस्ता पुण्य कार्य गरे त्यसबाट धेरै फल मिल्ने कुरा शास्त्रहरुमा उल्लेख छ।