राजधानी काठमाडौको जोरपाटीस्थित आराधाना चलचित्र हल अगाडिको एक कागज कम्पनीमा आज भीषण आगलागी भएको छ । आगलागीमा परी मानवीय क्षति भने हुन पाएन ।
विद्युत सर्ट भइ केहीबेर अघिदेखि लागेको आगो नियन्त्रणमा लिन ४ ओटा दमकल र ट्यांकरले प्रयास गरेपनि निभाउन कठिन भइरहेको छ । विद्युत सर्ट भइ आगलागी भएपछि ग्याँस सिलिण्डर पडकिएपछि आगो झनै बढेको प्रत्यक्षदर्शीले बताएका छन् ।



