२६ मंसिर, काठमाण्डौ । शिक्षाशास्त्र नपढेका तर विद्यालयमा पढाउन इच्छुक व्यक्तिलाई पनि शिक्षा सेवा आयोगले अस्थायी शिक्षण अनुमति पत्र दिने भएको छ । विद्यालय तहको शिक्षक वन्न शिक्षाशास्त्र पढेको हुनु पर्ने र त्यस्ता व्यक्तिले अनिवार्य रुपमा अनुमति पत्र लिएको हुनुपर्ने प्रावधानका कारण मुख्य विषय पढाउने शिक्षक अभाव भएपछि आयोगले यस्तो व्यवस्था गर्न लागेको हो ।
तत्कालका लागी दुर्गम जिल्लामा मात्र अस्थायी अनुमति पत्र वितरण गर्न लागीएको आयोगका अध्यक्ष अदयराज सोतीले जानकारी दिए । शिक्षा विभाग, क्षेत्रीय शिक्षा निर्देशनालय, र जिल्लाका शिक्षा कार्यालयवाट शिक्षको अभाववारे गुनासो आएपछि यस्तो निर्णय गरेका हौँ,सोतीले भने,



