अर्घाखाँची: साधारण बत्ती बाल्दा ६० हजारको विद्युत बिल, नगरप्रमुखले दिए तत्काल छानबिन आदेश (तस्बिर सहित)

imagesimages

 

-केशब पन्थी ,अर्घाखाँची डटकम।

अर्घाखाँची – सन्धिखर्क नगरपालिका वडा नम्बर १ रतले निवासी नारायण प्रसाद भुसालको घरमा सामान्य रूपमा बत्ती बाल्दा ६० हजार रुपैयाँको असामान्य विद्युत बिल आएपछि स्थानीय समाजमा चासो उत्पन्न भएको छ।

May be an image of studying, lighting and television

पीडित पार्वता भुसालले बिल तिरेपछि नगरपालिकामा जानकारी गराउनुभयो। जानकारी पाउने बित्तिकै नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले नेपाल विद्युत वितरण केन्द्र अर्घाखाँची शाखाका प्रमुखसँग सम्पर्क गरी नगरपालिकामा विशेष छलफल गर्नुभयो। छलफलमा विद्युत कार्यालयका निति प्रमुख खिमराज आचार्य र पार्वता भुसाल दुवै उपस्थित हुनुहुन्थ्यो।

May be an image of studying and text

नगरप्रमुख श्रेष्ठले घटनालाई गम्भीर ठहर गर्दै भन्नुभयो,

“साधारण घरमा यति ठूलो बिल आउनु दुर्लभ र चिन्ताजनक विषय हो। यसबारे विद्युत कार्यालयले तुरुन्त छानबिन गर्नुपर्छ र भविष्यमा यस्ता समस्या दोहोरिन नदिन सचेत हुनुपर्छ।”

May be an image of ticket stub, money and text that says "अर्घाखांची वितरण केन्द्र, अघाखाचा नगदी रसिद (ग्राहक प्रति) No.: อิทร์. ID: Name: % Reb/Pen. Cashier: Mode: Cons. No.: 1391 1391820907170095 820907 07-PAU-20821Par 13:09 Bod0000000757 Narayan Bhusal 0.00 生 कृपया आपनो सगदी SABIERA SABI Cash Upto 001 16. इुल्लेष्व 3 रसिदमाउल्ले रसिदमा उल्लेखव भएको नाम भएको नम्बर ग्राहकको 1700$ី0% भिडाउनुहोत नाम 0.00 Other Bill Amt.: Net Payable: CQ. No.:n Reb./Pen. Levied: Paid: CQ. Date: 17000.00 17000.00 0,00 Signature Amt Taken 17000.00 Refu RefundAmt Amt 0.00"

पीडित पार्वता भुसालले घरको सामान्य विद्युत प्रयोगमा यति ठूलो बिल आएको भन्दै आफ्नो अनुभव सार्वजनिक गर्दै, “यदि समयमै सबै निकायलाई जानकारी गराएको भए समस्या चाँडो समाधान हुने थियो,” भन्नुभयो।

May be an image of money, ticket stub and text that says "नेपाल विद्यत प्राधिकर अर्घांखांची वितरण केन्द्र, अघ नगदी रसिद (ग्राहक प्रति द619 ှတ်ငာ Rept. No.: Date: Cons.ID: ID: Name: Cas 1391820909990007 Mode 09-PAU-208 2082 รลาริ. No 000000000757 Narayan Bhusal % Reb/Pen. Bill Amt. Reb/Pen. 0.00 Upto 0.00 1Of 水 कपया ΚΑΒΤ Cash आफ्चो नगदी 001 16.043 विलमा रसिदमा उल्लेब उल्लेघ भएको नाम भएको नम्वर ग्राहकको भिडाउनहोला नाम नम्वर Other Bill Amt.: 4361 43611.56 Net Payable: CQ.No.: 43611.5 56 c. No.: Reb./Pen. Levied: Paid: CQ. Date: 43615.00 Excess: Amt Taken 43615.00 Refund Amt 3.44 Signature"

नगरप्रमुख श्रेष्ठले नगरवासीलाई कुनै पनि विद्युत सम्बन्धी असामान्य समस्या देखा परे तुरुन्त नगरपालिकामा जानकारी गराउन आह्वान गर्नुभएको छ।

 

Nepal life insurance