सिरियामा महिनौंदेखि जारी हिंसाबीच सरकारले संसदीय चुनाव गराउने घोषणा गरेको छ । विपक्षी दलहरुले भने चुनावलाई नाटकको संज्ञा दिँदै बहिष्कार गर्ने घोषणा गरेका छन् । सरकारले चुनाव निष्पक्ष हुने भन्दै चुनावमा भाग लिन विपक्षीहरुलाई आह्वान गरेको छ ।
सिरियामा राष्ट्रपतिबिरुद्ध भएको बिरोध प्रदर्शनका क्रममा हालसम्म ३५ सयभन्दा बढी व्यक्ति मारिइसकेका छन् भने थुप्रै घाइते छन् । विपक्षीहरु राष्ट्रपतिले राजीनामा नदिएसम्म प्रदर्शन जारी राख्ने अडानमा छन् ।