कांग्रेसमा शक्ति संघर्ष: कांग्रेसभित्र विशेष महाधिवेशनको मुद्दा चर्कियो, देउवा–महामन्त्री आमनेसामने।

imagesimages

 

काठमाडौँ ।नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन गर्ने कि नगर्ने भन्ने विषयलाई लिएर विवाद चर्किँदै गएको छ। पार्टीभित्र देखिएको मतभेद अहिले टकरावको अवस्थामा पुगेको छ।

Nepal life insurance

बिहीबार कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापाविश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगित गर्दै विशेष महाधिवेशन आह्वान गर्ने निर्णय गरेका छन्। उनीहरूको पक्षधर समूहले पुसको अन्तिम हप्तामा विशेष महाधिवेशन गर्ने तयारीका साथ भृकुटीमण्डपमा कार्यक्रमस्थलका लागि हलसमेत बुकिङ गरिसकेको छ।

विशेष महाधिवेशनमा पेश हुने प्रतिवेदन लेखनका लागि महामन्त्री गगनकुमार थापा धुलिखेल प्रस्थान गरेका छन्। तर पार्टी सभापति शेरबहादुर देउवा भने कुनै पनि हालतमा विशेष महाधिवेशन हुन नदिने अडानमा देखिएका छन्।

महामन्त्रीद्वयले विशेष महाधिवेशनको तयारी थालेपछि सभापति देउवाले कार्यबाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकसँग छलफल गर्दै विशेष महाधिवेशन रोक्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ। देउवाले विशेष महाधिवेशन रोक्न सबै उपाय अपनाउन निर्देशन दिएको स्रोतको भनाइ छ।

सभापति देउवासहित अन्य पदाधिकारीसँग औपचारिक छलफल नगरी महामन्त्रीद्वयले एकलौटी रूपमा विशेष महाधिवेशनको तयारी थालेपछि देउवाले यस विषयलाई गम्भीर रूपमा लिएको बताइएको छ। विशेष महाधिवेशनले पार्टीभित्र विभाजन निम्त्याउन सक्ने चिन्ता सभापति देउवाको रहेको छ।

images

यसैबीच, सभापति देउवाले शुक्रबार बिहान पार्टीका पदाधिकारी तथा नेताहरूसँग महामन्त्रीहरूको कदमबारे छलफल गर्ने तयारी गरेका छन्। उता, महामन्त्री पक्षधर समूहले भने शुक्रबार बिहान विशेष महाधिवेशनबारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गर्ने जनाएको छ।

विशेष महाधिवेशनको विषयले कांग्रेसभित्र शक्ति संघर्षलाई थप चर्काएको छ भने आगामी दिनमा पार्टीको आन्तरिक राजनीति थप रोचक बन्ने संकेत देखिएको छ।

images

 

Nepal life insurance

images