– राजकुमार कार्की‘पार्टीको नीति छोडेर हिंड्नेलाई काँध हाल्न सकिंदैन’ सिन्धुलीको कमलामाई नगरपालिका ४ को कारगार नजिकै सोमबार भएको जनतासँग सभासद् कार्यक्रममा सचिव गजुरेलले भने, ‘हामी पार्टीको नीति अनुसार हिंडेकाले हाम्रो तर्फबाट पार्टी फुट्दैन ।’
आफ्नो पक्षले हस्तक्षेप गरेर सरकारको नेतृत्व लिने तयारी गरिरहेको सचिव गजुरेलले खुलासा गरे । नेतृत्व लिने तयारी भइरहेको बेला बैद्य समूह जंगल पस्छ भनेर चलाएको हल्ला निराधार भएको उनको भनाई थियो ।
जनयुद्धको दौरानमा रगतको खोला बगाएर कव्जा गरेको सामन्तिको जग्गा कुनै हालतमा फिर्ता नगर्ने पनि सचिव गजुरेलले दोहोर्याए । ‘पार्टी निर्णय बिपरित अध्यक्ष प्रचण्डले कव्जा जग्गा फिर्ताको घोषणा गरेर क्रान्तिप्रति गद्दारी गरेको छ’ उनको भनाई थियो, ‘जनयुद्धका सबै उपलव्धि गुमाएको छ ।’



