अन्तवार्ताका क्रममा पीटरको निजी जीवन र इतिहासमा पीटरले देखाएको रुचीका बिषयमा अन्तवार्ता केन्द्रित थियो । अझ रमाइलो पक्ष के हो भने प्रस्तोता रिचर्डले अन्तवार्ताका क्रममा कुनै पनि प्रश्न दोहर्याएका छैनन् । अन्तवार्ता अवधिभर प्रस्तोता नथाकेपनि अतिथी भने थाकेका थिए । यसअघी सन् २००९ मा स्पेनका रेडियो प्रस्तोता पेड्रो रुइजले १२ घण्टा ३० सेकेण्ड सम्म बिशीष्ट ब्यक्तिसंग अन्तवार्ता लिई गिनीज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गराएका थिए ।



