अर्घाखाँची: भूमिकास्थानको आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्नः ३ पटकको विजेता भगवती मा.वि.ले गर्यो शिल्ड कब्जा (तस्बिर सहित)

imagesimages

 

-गोपाल प्रसाद भट्टराई , अर्घाखाँची।

पौष–१७,अर्घाखाँची-  अर्घाखाँचीको भूमिकास्थान नगरपालिका स्तरीय आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि भूमिकास्थान–७ को भगवती मा.वि.ले उचालेको छ । बुधबार सम्पन्न प्रतियोगितामा ९ स्वर्ण सहित १३ पदक जित्दै भगवती मा.वि.पातुन्डाँडाले उपाधि चुमेको हो ।

May be an image of one or more people and text

प्रथम भएको भगवती मा.वि.ले २ रजत र २ कास्य पदक जितेको छ । यस्तै ५ स्वर्ण, ७ रजत र ५ कास्य सहित १७ पदक जित्दै नुवाकोट मा.वि.भूमिकास्थान–७, चिदिचौर दोस्रो र ४ स्वर्ण, ३ रजत र १ कास्य सहित ७ पदक जितेको शान्ति मा.वि. भूमिकास्थान–४,धारापानी तेस्रो भएका छन् ।

May be an image of one or more people and text

प्रतियोगितामा ३ स्वर्ण, ६ रजत र ४ कास्य सहित १३ पदक जितेको भगवती मा.वि. भूमिकास्थान–९, डेभाले सान्त्वना स्थान हाँसिल गरेको छ ।

May be an image of one or more people and text

प्रतियोगिता अन्तरगत छात्र भलिवल जनप्रिय मा.वि.भूमिकास्थान–५, असुरकोट र छात्रा भलिबल भगवती मा.वि.भूमिकास्थान–२, ढाकावाङ्गले जितेको छ । छात्र भलिवलमा भगवती मा.वि.भूमिकास्थान–२, ढाकावाङ्ग द्धितिय र भगवती मा.वि.भूमिकास्थान–९, डेभा तृतिय भएका छन् ।

May be an image of one or more people, crowd and text

यस्तै छात्रा भलिवलमा बालशिक्षा मा.वि.भूमिकास्थान–१, ढाकावाङ्ग द्धितिय र अन्नपूर्ण मा.वि.भूमिकास्थान–३,धारापानी तृतिय भएका छन् । कबड्डी तर्फ छात्र÷छात्रा दुवैतर्फको खेलमा नुवाकोट मा.वि.भूमिकास्थान–७ चिदिचौरले प्रथम स्थान हाँसिल गरेको छ ।

May be an image of one or more people, crowd, temple and text

यस्तै छात्रतर्फको कबड्डीमा शान्ति मा.वि.भूमिकास्थान–४,धारापानी द्धितिय र अन्नपूर्ण मा.वि.भूमिकास्थान–३ धारापानी तेस्रो भएका छन् । त्यस्तै छात्राको कबड्डीमा अन्नपूर्ण मा.वि.भूमिकास्थान–३ धारापानी द्धितिय र शारदा मा.वि.भूमिकास्थान–९,ढिकुरा तृतीय भएको छ ।

May be an image of one or more people, crowd and text

प्रतियोगिताको विजेता भूमिकास्थान–७ को भगवती मा.वि.लाई शिल्ड, ट्रफि र प्रमाणपत्र, उपविजेता नुवाकोट मा.वि.भूमिकास्थान–७, चिदिचौर र तृतिय स्थानको शान्ति मा.वि.धारापानीलाई ट्रफि र प्रमाणपत्रले सम्मान गरिएको भूमिकास्थानको शिक्षाशाखा प्रमुख तुवलाल सापकोटाले जानकारी दिनुभएको छ । यो सिजन सहित लगातार ३ पटकसम्म उपाधि चुमेको भगवती मा.वि.पातुन्डाँडाले रनिङ शिल्ड नै कब्जा गरेको छ । प्रतियोगितामा पालिकाभित्रका १२ वटा विद्यालयले सहभागिता जनाएको भूमिकास्थानले जनाएको छ ।

May be an image of one or more people, crowd and text

३ दिनसम्म चलेको प्रतियोगितामा १५ इभेन्टमा ३० स्वर्ण, ३० रजत र ३० कास्य गरी ९० पदकका लागि प्रतिस्पर्धा गराइएको नगर शिक्षा अधिकारी सापकोटाले बताउनुभएको छ । नगरपालिका स्तरिय प्रतियोगितामा उत्कृष्ट खेलाडी छनोट गरेर आसन्न जिल्ला स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सहभागी गराइने नगरप्रमुख झविलाल थापाको भनाई छ ।

May be an image of one or more people and text

प्रतियोगिता संचालन र सफल पार्न नगर उपप्रमुख बालकृष्ण बन्जाडे, प्रमुख प्रशासकिय अधिकृत जग्दीशचन्द्र नेपाली, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, पालिकाका विभिन्न तहका कर्मचारीहरु, खेलशिक्षक, पत्रकार, टोलविकास संस्था, स्थानिय सरोकारवाला र खेलप्रेमीहरुको सहयोग रहेको भूमिकास्थानका कम्प्युटर अधिकृत शेषकान्त घिमिरे ओसनले जानकारी दिनुभएको छ ।

थप तस्बिर :

May be an image of one or more people and text

May be an image of one or more people and text

May be an image of text

May be an image of one or more people and text

May be an image of one or more people, temple and crowd

May be an image of one or more people and text

May be an image of one or more people and text

May be an image of one or more people and text

May be an image of one or more people and text

May be an image of one or more people and text

May be an image of one or more people and text

Nepal life insurance