





काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड भारतको राजधानी नयाँ दिल्ली जाँदैछन् ।



सोमबार नेकपानिकट नेपाली समाज भारतको आयोजनामा हुने ‘एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम’ मा सहभागी हुन प्रचण्ड आज दिल्ली जान लागेको उनको सचिवालयले जानकारी दिएको छ ।
कार्यक्रम सोमबार दिउँसो १ बजे नयाँ दिल्लीस्थित लाजपत भवन अडिटोरियम लाजपत नगरमा हुने भनिएको छ ।

#PushpakamalDahal #NepaliPolitics #NepalIndiaRelations #UnityMessage #Arghakhanchicom





