प्रधानमन्त्री अस्वस्थ भएपछि निर्धारित कार्यक्रम स्थगित

गोरखा, २८ मंसिर नियमित भ्रमणका सिलसिलामा गृहजिल्ला जान लागेका प्रधानमन्त्री डा।बाबुराम भट्टराई  अचानक विरामी परेपछि निर्धारित कार्यक्रम स्थगित गरिएका छन् । चार दिनदेखि आराममा रहेका उनलाई बान्ता भएपछि डाक्टरले आराम गर्न सल्लाह दिएका छन् ।
प्रत्येक महिना गोरखा आउने कार्यक्रम अर्न्तर्गत ४५ औ पटक उनी आज गोरखा जान लागेका थिए ।
 
मुस्ताङ म्याक्स चढेर धादिङको चरौदी पुग्दा बारम्बार बान्ता गर्न थालेपछि उनको भ्रमण छोट्याएको छ। उनलाई तत्काल काठमाडौं ल्याउन सिम्रिक एयरको हेलिकप्टर मगाइएको नेपाली सेनाले जनाएको छ।
 
उनले १२ बजेसम्म कार्यकर्ता, बेपत्ता तथा सहिद परिवारसँग भेटघाट र त्यसपछि २ बजे सम्म जनसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो । कार्यक्रम सकेर दिउँसो ३ बजे फर्कने कार्यक्रम थियो । प्रधानमन्त्री अस्वस्थ भएपछि निर्धारित कार्यक्रम स्थगित गरिएको प्रधानमन्त्रीका सहयोगीले जानकारी दिएका छन् ।