काँग्रेसले राष्ट्रिय सभाका उम्मेदवार आजै टुंगाउने

imagesimages

 

काठमाडौँ । नेपाली काँग्रेसको आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठक केहि बेर बसेर स्थगित भएको छ ।

काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महत्तले बैठक केहीबेरका लागि स्थगित भएको जानकारी दिदै काँग्रेसले राष्ट्रिय सभाका उम्मेदवार आजै टुंगाउने जानकारी दिएका छन् । उनले बैठक आजै फेरी बस्ने र राष्ट्रिय सभाका उम्मेदवारको घोषणा गर्ने बताए ।

Nepal life insurance

राष्ट्रिय सभाको १८ सिटका लागि माघ ११ गते हुने निर्वाचनमा काँग्रेस, एमाले, नेकपा र जसपा नेपालले चुनावी तालमेल गर्ने सहमति बनेको छ । जस अनुसार काँग्रेसले ८ सिट दाबि गरेको बताइएको छ । तर कलस्टर अनुसार कुन प्रदेशमा कसलाई दिने भन्ने टुंगाउन बाँकी रहेको बुझिएको छ । यसका लागि दलहरु अहिले छलफलमा रहेका छन् ।

 

 

Nepal life insurance

अन्य समाचारहरु