कुलमान भन्छन्- रास्वपाको एकता उज्यालो पार्टीसँग भएको हो मसँग होइन !

imagesimages

 

काठमाडौँ । कुलमान घिसिङले रास्वपामा आफुले अहिलेसम्म उपसभापतिको जिम्मेवारी नलिएको बताएका छन् । मन्त्रीपदबाट राजीनामा दिदै घिसिङले उपसभापति भनेर ‘इन्डोर्समेन्ट’ नभएको भन्दै अझै केहि विषय मिलाउन बाँकी रहेको बताएका छन् ।

घिसिङले एकताको प्रक्रियामा सबैको स्वाभिमान र आत्मसम्मान हुनुपर्ने भन्दै रास्वपासँग आफ्नो नभएर उज्यालो नेपाल पार्टीसँग भएको बताए । उनले भने- मसँग रास्वपाको एकता भएकै होइन । उज्यालो नेपाल पार्टीसँग हो ।’

घिसिङ रास्वपासँगको एकता प्रक्रियामा असन्तुष्ट रहेको संकेत गर्दै आफु उज्यालो अभियानमा सक्रिय हुने बताएका छन् । उनले आफुले अहिलेसम्म कुनै दलको सदस्यता नलिएको दोहोराउदै मिडियामा जे आएको भएपनि आफुले सत्य बोलेको दाबि गरे । मन्त्रीबाट राजीनामा दिएपछि उनले भोलिदेखि आफ्नो राजनीतिक जीवन शुरु हुने बताएका छन् ।

 

#KulmanGhising / #PoliticalUpdate / #Raswap / #UjyaloNepalParty / #ResignationNews / #NepalPolitics / #ArghakhanchiCom / #LeadershipUpdate / #PoliticalMove / #Transparency / #NepalNews

Nepal life insurance