
चितवन कारागारमा भएको आक्रमणमा गम्भीर घाइते भएका पौडेलको उपचारका क्रममा शनिबार बिहान ३ बजे काठमाडौं बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको हो ।
राजधानीको बानेश्वर, पुतली सडक, चाबहिल, सातदोबाटो, कुपण्डोल, लगनखेल लगायतका क्षेत्रमा प्रदर्शन भएका छन् । राजधानीमा यातायात ठप्प भएको छ ।
चितवन बन्द आहृवान
चितवन- नेपाल दरुण दल चितवनका अध्यक्ष शिवप्रसाद पौडेलको उपचारका क्रममा काठमाडौँमा निधन भएपछि तरुण दल चितवनले चितवन बन्द आहृवान गरेको छ ।
कांग्रेस कार्यकर्ता नारायणगढको पुल्चोक, भरतपुरको चौविसकोठी, केन्द्रीय बस टर्मिनल, रत्ननगरको टाँडीलगायतका मुख्य बजारमा तरुणदलका कार्यकर्ताले प्रदर्शन गर्दै चितवन बन्द गराएका छन् ।
तरुणदल चितवनका कार्यबाहक अध्यक्ष राम श्रेष्ठद्वारा जारी विज्ञप्तिमा तरुणदल अध्यक्षमाथि राज्यबाट लगाइएको मुद्दा फिर्ता लिनुपर्ने, सहिद घोषणा गर्नुपर्ने, सरकारको नियन्त्रणका व्यक्ति मारिएको घटनामा संलग्न सबैलाई पहिचान गरी कारबाहीको माग गर्दै बन्द आहृवान गरिएको हो ।
यसैबीच पौडेलको निधनपछि चितवनमा सुरक्षा सतर्कता बढाइएको छ । चितवनमा हुन सक्ने प्रदर्शन र हुलदङ्गा नियन्त्रणका लागि जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय चितवनले सुरक्षा सतर्कता बढाएको हो ।
सुरक्षा व्यवस्था भड्कन नदिनका लागि अपनाउने उपायका बारेमा छलफल गर्न सुरक्षा निकायका प्रमुखहरूको बैठक बिहानै बसेको थियो । चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भूपालकुमार भण्डारीले सबै चितवनवासीलाई संयमित हुन आग्रह गरेका छन् ।
तनहुँ पनि बन्द
चितवनका तरुणदल अध्यक्ष शिव पौडेलको शनिवार विहान मृत्यु भएको खवरपछि तरुण दलले विरोध स्वरुप पृथ्वि राजमार्गको तनहुँ खण्डमा यातायात चल्न दिएको छैन । विरोधमा उत्रिएका दलले आँवुखैरेनी, डुम्रे, खैरेनीटार र दमौलीवाट ग्रामिण क्षेत्रहरुमा चल्ने यातायात समेत आंशिक रुपमा मात्रै चलेका छन् ।
बन्दको प्रभाव बुटवलमा पनि
तरुण दल चितवनका अध्यक्ष शिव पौडेलको निधनपछि आक्रोशित भएका रुपन्देहीका काग्रेस तथा भातृसंगठनका कार्यकर्ताहरुले बुटवल ठप्प पारेका छन् ।
पौडेलको निधनको खबर लगत्तै सडकमा उत्रेका कार्यकर्ताहरुले बुटवलमा बजार तथा यातायात बन्द गराएका छन् । बुटवलको ट्राफिक चौक, पुष्पलाल पार्क , राजमार्ग चौराह ,मीलनचौक लगायतका स्थानमा ठुलो संख्यामा आक्रोशित कार्यकर्ताहरुको भीड लागेको छ ।
एक्कासी भएको बन्दका कारण सवारीका साधन बीचबाटोमा रोकिदा गन्तव्यमा हिडेका यात्रुहरु अलपत्र परेका छन् । रुपन्देहीका ग्रामीण क्षेत्रमासमेत स्वतहः स्फुर्त कार्यकर्ताहरु सडकमा उत्रीएर यातायात तथा बजार बन्द गरेको तरुणदल रुपन्देही अध्यक्ष चिरञ्जीवी पौडेलले बताए ।
पर्वतमा केही सवारी साधन तोडफोड
चितवन घट्नामा संलग्न दोषिलाई कारवाहिको माग गर्दै कांग्रेसले पर्वत जिल्ला बन्दको आह्वान गरेको छ । कारवाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका कार्यकर्ताहरुले ग २ ख २३५३ नम्बरको मालबहाक ट्रक र ग १ ज २२६१ नम्बरको ट्याक्सी तोडफोड गरेका छन् ।
कुश्माबजारस्थित जिरो किमी भन्ने ठाउंमा बन्दको अबज्ञा गरेको भन्दै कार्यकर्ताहरुले दुई सवारीसाधन माथी तोडफोड गरेका हुन् । प्रदर्शनकारीले पोखरा-बागलुङ राजमार्गमा टायर बालेर सडक अबरुद्ध गरेका हुन् ।
बजार पसल बन्द छन् भने यातायातका साधन चल्न सकेका छैनन । उता ब्राहृमण समाज पर्वतको प्रथम जिल्ला अधिबेशनको कार्यक्रम समेत बन्दले प्रभावित बनेको छ ।
रौतहट बन्द
तरुण चितवनका अध्यक्ष शिव पौडेलको हत्याको विरोधमा कांग्रेस तथा तरुण दल र नेविसंघ रौतहटले शनिबार बिहानदेखि चन्द्रनिगाहपुरमा पूर्व पश्चिम राजमार्ग बन्द गरेको छ । अनिश्चितकालीन बन्दका कारण जनजीवन प्रभापित भएको छ । बन्दले सबै सबारीहरु चन्द्रनिगाहपरमै रोकिएको छ ।
‘हाम्रो बन्द अनिश्चितकालीन हो,’ कांग्रेसका स्थानिय नेता धनलाल ठोकरले भने । राजमार्ग ठप्प भए पछि यात्रुहरु अलपत्र परेका छन् । तरुण दल र कांग्रेस कार्यकर्ताले बिहान १० बजे देखी पुर्बपश्चिम राजमार्गको चन्द्रनिगाहपुर चौकमा राजमार्ग अबरुद्ध पारेर प्रदर्शन गरेका छन् ।
नेविसंघले सर्लाहीमा बन्द गर्यो
कारागार आक्रमणमा घाइते तरुणदल चितवनका अध्यक्ष शिव पौडलको उपचारका क्रममा निधन भएपछि दोषिमाथि कारबाहीको माग गर्दै शनिबार नेबिसंघ सर्लाहीले लालबन्दीमा पूर्व पश्चिम राजमार्ग बन्द गरेको छ ।
बिहान ११ बजेदेखि सुरु भएको बन्द दिनभर जारी रहने नेबिसंघका युवराज देवकोटाले बताए । नेविसंघको आब्हानमा भएको बन्दमा कांग्रेस र तरुण दलका कार्यकर्ता समेत सहभागी भएका छन् । बन्दका कारण राजमार्गमा सवारी आवागमन ठप्प छ ।
पोखरामा ५ सवारी साधनमा तोडफोड, २ पक्राउ
तरुण दल चितवनका अध्यक्ष शिव पौडेलको निधनपछि कांग्रेस भातृसंगठनको बन्दले पर्यटकीय शहर पोखरा ठप्प बनेको छ । बन्दकर्ताले ५ वटा सवारी साधनमा तोडफोड गरेका छन । तोडफोडमा संलग्न २ लाई प्रहरीले पक्रेको छ ।
मध्यान्हदेखि शहरका मुख्य चोकमा बसेर कांग्रेस कार्यकर्ताले यातायात संचालनमा अवरोध गरेका थिए । बन्दकर्ताले सृजनाचोकमा ग १ य ३५३, ग १ ज ४५५७, ग १ ज ३४०० र न्युरोडमा ग १ ख १९३५ र ग १ ख ३५८७ नम्बरको सवारीमा क्षति पुर्याएको प्रहरीले जनाएको छ । तोडफोडमा संलग्न दोर्ण कँडेल र समित केसीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । अहिले कांग्रेस कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय कास्कीको गेटमा नाराबाजी गरिरहेका छन् ।
विरोधमा बजार तथा यातायात बन्द
तरुण दल चितवनका अध्यक्ष शिव पौडेलको निधनको खवर आएलगत्तै धादिङमा तरुण दलका कार्यकर्ताहरुले बजार तथा यातायात ठप्प पारेका छन् । उपचारको अवस्थामा रहेका तरुण दल चितवनका अध्यक्ष शिव पौडेको मृत्युको खबरपछि सदरमुकाम धादिङवेसीमा जम्मा भएका तरुण दलका कार्यकर्ताहरुले धादिङवेसी बजार बन्द गराएका हुन् भने धादिङबाट सञ्चालन हुंदै आएका यातायात सेवा पनि ठप्प पारेका छन् ।
उता पृथ्वीराजमार्गका विभिन्न स्थानमा पनि तरुण दलका कार्यकर्ताहरुले प्रदर्शन गरेका थिए । विहान ११ बजेबाट राजमार्ग अन्तर्गतका मुख्य चोक चोकमा जम्मा भएका तरुण दल धादिङका कार्यकर्ताहरुले घटनामा संलग्न भएकाहरुलाई कडा भन्दा कडा कारबाहीको पनि माग गर्दै शान्ति सुरक्षा दिन नसकेको भन्दै सरकार विरुद्ध चर्का नारा लगाएका थिए । उनीहरुले पृथ्वीराजमार्ग अन्तर्गत गजुरी, बेनीघाट, आदमघाट, नौविसे लगायतका स्थानमा प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा अहिलेसम्म त्यस्तो कुनै अपि्रय घटना नभएपछि सडक नखुल्दा यात्रुहरु भने समस्यामा परेका इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।
नवलपरासी बन्द , ठाँउ ठाँउमा प्रर्दशन
चितवनका तरुणदलका अध्यक्ष शिव पौडेलको उचचारकाक्रममा मृत्यु भएपछि आक्रोसित कांग्रेसका कार्यकर्ताले नवलपरासी बन्द गराएका छन् ।
महेन्द्रराजमार्गमा प्रर्दशनमा उत्रिएका कांग्रेस कार्यकर्ताले यातायात ठप्प पारेका छन् । पसल, शैक्षिक संस्था र कलकारखाना लगायत सबै बन्द गराउँदै हिंडेका छन् । राजमार्ग बन्द गरिएपछि पूर्वपश्चिम हिडेका सयौं यात्रु बाटामै अलपत्र परेका छन् ।
राजमार्गमा प्रर्दशनकारी बढदै जादा स्थानिय प्रशासनले राजमार्गमा सुरक्षाकर्मीको संख्या बढाएको छ । राजमार्गमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको गस्ति बढेको छ ।
बन्दले जनजीवन प्रभावित
कारगार भित्रै सांघातिक हमला भई गम्भीर घाइते भएका तरुण दल चितवनका अध्यक्ष शिव पौडेलको मृत्युपछि तरुण दल र नेविसंघले एक्कासी गरेको बन्दका कारण शनिबार मध्यन्नबाट उदयपुरको जनजीवन प्रभातिव भएको छ ।
तरुण दल र नेबिसंघका युवाहरुले सदरमुकाम गाईघाट प्रबेश गर्ने मुख्य नाकामा टायर बालेर यातायात ठप्प पारेपछि लामो तथा छोटो दुरीका सवारी साधन संचालन हुन सकेनन् । गृहमन्त्रीको राजीनामा, सुरक्षाको ग्यारेन्टी र दोषीलाई कारबाही लगायतको माग राख्दै युवाहरुले नाराजुलुस गरेका छन् । पूर्व सूचना बिना नै मध्यान्नबाट अचानक सुरु गरिएको चक्काजामका कारण सर्बसाधारणले सास्ती भोग्नुपरेको छ ।
लमजुङ पनि बन्द
चितवन कारागारमा कुटपिटपछि उपचारको क्ë



