

मेरो मनको बगैचामा आइ फुलि देउ

माली बनि सदै भरि तिम्रो सामु हुन्छु
अरु भन्दा बढी सदै तिम्लाई स्यहार गर्छु

आज तिमी फुली रहेछौ त्यहिँ पराईको घरमा

तिमी त्यहा रमाई राख त्यहिँ मालीको भरमा
त्यसले त यो मालीलाई भुली दियौ आज

तिम्रो दिल गाढा रहोस तै मालीको माझ
फुली राख तिमी त्यहाँ सीत बनि आउछु
माली हुन नपाएनी किरण बनि धाउछु

सीत बनि आएभने मुस्कान दिनु तिमी
किरण बनि आएभने सुबास दिनु तिमी




