सभापति देउवाले महामन्त्रीद्वयसँग निर्णायक वार्ता गर्दै

 

काठमाडौँ । नेपाली काँग्रेसको विवाद मिलाउन निर्णायक वार्ता हुदैछ । सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई निर्णायक वार्तामा बोलाएका छन् ।

यसअघि समितिस्तरमा भएका वार्ता निष्कर्षमा पुग्न नसकेपछि सभापति देउवाले पार्टी विभाजन रोक्न अन्तिम प्रयास गर्दैछन् ।

महामन्त्रीद्वयसँगको छलफलमा सभापति देउवासहित संस्थापनपक्षका नेता बालकृष्ण खाँण र रमेश लेखकलगायत सहभागी हुने बताइएको छ ।

यसअघि मंगलबार भएका वार्ता र छलफलमा अन्य विषयमा संस्थापन पक्ष लचक भएपनि सभापति देउवाले नेतृत्व छोड्नु पर्न विषयमा सहमत नभएपछि कुरा मिलेको थिएन ।

#देउवा #महामन्त्री #वार्ता #कांग्रेस #निर्णायक_बैठक #ArghakhanchiDotCom

Nepal life insuranceimagesimages