

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गुरुराज घिमिरे र प्रदीप पौडेल बन्ने निश्चित भएको छ ।
विश्वप्रकाश शर्माले घिमिरेलाई महामन्त्री बनाउन आफुले नाम फिर्ता लिएपछि अब घिमिरे र पौडेल विशेष महाधिवेशनबाट महामन्त्री बन्ने निश्चित भएको हो ।


काठमाडौँको भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशन अन्तर्गत निर्वाचन समितिले उम्मेदवारको अन्तिम सूची सार्बजनिक गर्ने तयारीमा रहेको छ ।। काँग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन हुने निश्चित रहेको छ ।
त्यस्तै उपसभापतिमा फरमुल्लाह अन्सारीको उम्मेदवारी परेको छ भने सहमहामन्त्रीमा बहादुर सिंह लामाले उम्मेदवारी दिएका छन् ।
निर्वाचन समितिले नयाँ नेतृत्वको चयन सर्वसम्मत गर्न लागेकोले केहीबेरपछि नै घोषणा हुने बताइएको छ । काँग्रेसको विशेष महाधिवेशनले १३ पदाधिकारीसहित १२१ केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ ।
#गुरुराज_घिमिरे #प्रदीप_पौडेल #काँग्रेस_महामन्त्री #नेतृत्व_चयन #ArghakhanchiDotCom



