मेयर बालेन शाहले दिए राजीनामा, रास्वपामा सक्रिय राजनीतिक यात्रा सुरु!

 

काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन) ले आज महानगर प्रमुख पदबाट राजीनामा दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा औपचारिक रूपमा प्रवेश गर्नु अघि उनले यो राजनीतिक निर्णय गरेका हुन्।

बालेनले उपप्रमुख सुनिता डंगोल समक्ष आजबाट लागू हुने गरी राजीनामा पत्र बुझाए। उपप्रमुख डंगोलले उक्त राजीनामा स्वीकार गरेकी छिन् र कार्यवाहक प्रमुखको जिम्मेवारी पाएकी छिन्। स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार, मेयरले राजीनामा दिंदा उपप्रमुखले स्वतः कार्यवाहक प्रमुखको भूमिका निर्वाह गर्ने व्यवस्था छ।

राजीनामा दिएर दिउँसो बालेन तामझामसहित रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीस्थित घण्टीघर पुगे। रास्वपाका नेता तथा कार्यकर्ताहरूले उनलाई फूलमाला र उत्साहपूर्ण स्वागत गरे। बालेन पुस १४ गतेदेखि रास्वपामा समाहित भएका छन् र आज वरिष्ठ नेताको रूपमा केन्द्रीय समिति बैठकमा सहभागी हुनेछन्।

बैठक समाप्ति पछि बालेन, सभापति रवि लामिछाने लगायत शीर्ष नेताहरू साँझ मधेश प्रदेशको राजधानी जनकपुर जाने कार्यक्रम रहेको छ। उनी रास्वपाको राष्ट्रिय राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्ने तयारीमा रहेको बताइन्छ।

यो निर्णयले केन्द्रीय र स्थानीय राजनीतिमा नयाँ गतिशीलता ल्याउने अपेक्षा गरिएको छ। बालेनको रास्वपा प्रवेशले आगामी चुनावी समीकरणमा पनि प्रभाव पार्न सक्ने विश्लेषकहरूको भनाइ छ।

#बालेन_शाह #मेयर_राजीनामा #रास्वपा #काठमाडौँ_महानगर #राजनीतिक_परिवर्तन #ArghakhanchiDotCom

 

Nepal life insuranceimagesimages