

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले उम्मेदवार छनोटप्रति असन्तुष्टि व्यक्त गर्दै फरक मत पार्टी कार्यालयमा दर्ता गरेका छन् । भट्टराईले आइतबार पार्टी कार्यालय च्यासलमा आफ्नो फरक मत दर्ता गराएका हुन् ।

शनिबार बसेको सचिवालय बैठकमा फरक मत राखेका भट्टराईले पार्टी नेतृत्वले १औँ महाधिवेशनको प्रतिस्पर्धा गरेकाहरुलाई किनारा गरिएको उल्लेख गरेका छन् । त्यस्तै उनले उमेदवार छनोट गर्दा मापदण्ड नबनाएको, पार्टीको निष्ठाभन्दा पनि टिकट वितरणमा नेतृत्वको पक्षधरतालाई प्राथमिकता दिइएको आरोप लगाएका छन् । उनले उम्मेदवार छनौटमा कार्यकर्तामाथि अन्याय भएको विषय पनि आफ्नो फरक मतमा उठाएका छन् ।

शनिबारको सचिवालय बैठकले अधिकांश क्षेत्रमा प्रतिनिधि सभाका उम्मेदवार टुंगो लगाएको छ । उपमहासचिव भट्टराईसहित कैयौं सिट अहिलेसम्म ‘होल्ड’ गरिएको छ । ११औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका ईश्वर पोखरेलसहितका नेताहरुलाई टिकट दिइएको छैन । पोखरेल पक्षबाट प्रतिष्पर्धा गरेका गोकर्ण विष्टलाई मात्र टिकट दिइएको छ ।
#arghakhanchicom#arghakhanchi.com#arghakhanchidotcom



