कालिकोटको जुबिथामा चुलो छोएको निहुंमा दलित युवाको हत्या भएको घटनाको विरोधमा दलित सम्बद्ध संगठनहरुले आज लमजुङ बन्द गराएका छन् ।
मंसिर २५ गते भएको मानबीर सुनार हत्या काण्डमा संलग्न बालकुमारी शाही, भिमबहादुर शाही र दिपबहादुर शाहीलाई कारबाही गर्नुपर्ने, मृतकलाई शहीद घोषणा गर्नुपर्ने, परिवारलाई उचित राहत दिनुपर्ने लगायतका माग राखेर बन्द आह्वान गरिएको हो ।
बन्दका कारण लमजुङमा यातायातका साधन र बजार संचालन भएको छैन ।