मधेशमा बालेनको मैथिलीमा भाषण, मधेसीको छोरालाई प्रधानमन्त्री बनाउन भन्दै मागे भोट

 

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले मैथिली भाषामा भाषण गरेका छन् ।

सोमबार जनकपुरधाममा रास्वपाको ‘परिवर्तन उद्घोष सभा’ बालेनले मैथिलीमा भाषण गरेर मधेसीको छोरालाई प्रधानमन्त्री बनाउन घण्टीमा भोट दिन आग्रह गरेका हुन् ।

उनले संघीयतालाई थप सुधार गर्ने बताउदै जनकपुरमा मात्र करोडौं पर्यटक ल्याउन सकिने बताए । आफु काठमाडौँ महानगरको मेयर हुदा कामले फुर्सद नभएर भाषण गर्न नपाएको बताउदै अब राजीनामा दिएपछि फुर्सद भएको बताएका हुन् । उनले मधेसीको छोरालाई पहिलो पटक प्रधानमन्त्री बनाउन घण्टीमा भोट हाल्न अपिल गरेका थिए ।

#बालेनकोमैथिलीभाषण #मधेशमाभाषण #मधेसीछोरालाईप्रधानमन्त्री #रास्वपामधेश #भोटमाग्नेअभियान #बालेनशाहमधेश #नेपालीराजनीति #ArghakhanchiDotCom

Nepal life insuranceimagesimages