अपरान्ह १ बजे बस्ने ब्यवस्थापिका संसदको बैठकमा नेपाली सेनामा मधेसी युवाको सामुहिक प्रवेश प्रकरण, विद्युत मूल्य वृद्धिलगायतका विषयमा विपक्षी दलहरुले हंगामा मच्चाएका छन् । नेपाली कांग्रेस र एमालेका शिर्ष नेताहरुको हिजोको छलफलले नै बैठकमा दुई दल मिलेर सरकार विरुद्व खरो उत्रने अनौपचारिक सहमति भए अनुसार नै आज बैठकमा ती मुद्दा चर्काएका छन् ।
एमालेका एक नेताका अनुसार, शान्ति प्रक्रिया अगाडि बढाउन सरकार असफल भएको, नेपाली सेनाको प्रतिष्ठालाई प्रधानमन्त्रीको कुर्सीसँग साटिएको, महङ्गीको मार खेपिरहेका जनतालाई विद्युत महसुल बढाएर ढांड सेक्न खोजेकोलगायतका विषयमा दुबै दलका सांसदले संसदमा हंगामा मच्चाएका छन् ।