तत्काल पेट्रोलियम पदार्थको मूल्य नबढाउने सरकारको निर्णय

काठमाडौँ, पुस ८ – सरकारले पेट्रोलियम पदार्थको मूल्य हाल नबढाउने भएको छ। प्रधानमन्त्री बाबुराम भट्टराईको अध्यक्षतामा आज प्रधान मन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको अर्थ मन्त्री, वाणिज्य तथा आपूर्ति मन्त्रीलगायत सम्बद्ध पदाधिकारीको बैठकमा तत्काल नेपाल आयल निगमलाई वाणिज्य मन्त्रालय मार्फत रकम उपलब्ध गराई घाटा पूर्ति गराउने र मूल्य बढ्न नदिने निर्णय भएको हो।


बैठकपछि पत्रकारसँग कुरा गर्दै अर्थमन्त्री वर्षमान पुनले निगमलाई एक महिनामा हुने गरेको घाटाको रकम रु डेढ अर्ब दिइने र दीर्घकालीनरुपमा मूल्य तोक्न चाँडै निर्णय लिइने बताए।


उनले भने – ‘अन्तर्राष्ट्रिय मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्छ, मूल्यवृद्धि गर्दा पनि उपभोक्तालाई मार नपर्ने गरी खाना पकाउने ग्यास, डिजेल र मट्टितेलमा सहुलियत दिएर स्थायी समाधान खोजिने छ।’


रासस