नेपाली सेनामा मधेसी युवाको छुट्टै इकाइ बनाउने सरकारी निर्णयको आलोचना भइरहेको बेला रक्षा मन्त्रालयले सेनामा थप्ने तीन हजार दरबन्दी खुल्ला प्रतिस्पर्धा बाटै पूर्ती गरिने जनाएको छ।
रक्षा मन्त्री विजयकुमार गच्छदारले त्यसरी पदपूर्ती गरिंदा दुई हजार भन्दा बढी मधेसी लिइने बताएका छन्।
रक्षा सचिव नवीन घिमिरेले चाहीं त्यस्तो पदपूर्ती विद्यमान ऐन नियम विपरित नहुने बताए।
रक्षा मन्त्रालयका अधिकारीहरुले एउटा पत्रकार सम्मेलन गर्दै मधेसी युवालाई नेपाली सेनामा भर्ना गर्ने सरकारी निर्णय बारे थप प्रस्ट पार्ने कोशिश गरे।



