म मधेश जादैछु, किनकी म देश जोड्न चाहन्छु- गगन थापा

 

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाही जानु अघि काठमाडौँ-४ का मतदातालाई सन्देश दिदै मधेशसँगको सम्बन्ध प्रगाढ बनाउन सर्लाही–४ मा उम्मेदवार बनेको बताएका छन् ।

सोमबार भिडियो सन्देश जारी गर्दै सभापति थापाले काँग्रेसको सभापति भएपछि देशको मन जित्नुपर्छ भन्ने लागेर मधेश गएको बताएका हुन् ।

उनले काठमाडौं–४ का मतदातालाई तीनपटक निर्वाचित गरेको प्रति कृतज्ञता व्यक्त गर्दै सधै भरि आफ्नो मन मुटुमा रहने बताएका हुन् । उनले भने- ‘एउटा परिवार जस्तो माया यो क्षेत्रमा सधैं पाएँ । जीवनको महत्त्वपूर्ण चरणहरू त्यहिँभित्र बिताएँ ।मधेशको प्रतिनिधित्व गर्दै गर्दा त्यहाँका मुद्दा बुझ्दै गर्दा प्रकारान्तरले नेपालको सिंगो समस्या समाधानको गर्न सक्छु भन्ने विश्वास राखेको छु ।

उनले मधेशका कुरा काठमाडौंमा सुनाउन र काठमाडौंका कुरा मधेशमा सुनाउन चाहेको बताउदै पहाडबाट झरेको आफ्नो परिवार, काठमाडौंको हुर्काइ भएको हुँदा मधेशसँग चुनावी उम्मेदवार बनेर झन् नजिकिन चाहेको बताए ।

उनले भनेका छन्- म मधेश जादैछु, किनकी म देश जोड्न चाहन्छु । म काठमाडौँका कथाहरु मधेश लगेर सुनाउन चाहन्छु, मधेशका कथाहरु, मधेशका पिडाहरु, मधेशका व्यथाहरु बुझेर काठमाडौँ ल्याएर सुनाउन चाहन्छु । म सबैको सम्मान रहदा मात्र हामी सबैको नेपालीको सम्मान हुन्छ भन्ने कुरामा विश्वास राख्छु ।’

सभापति थापाले आफुले उत्तेजनाको राजनीतिमा विश्वास नगर्ने उल्लेख गर्दै सबैले अधिकार नपाएसम्म सबैको बीचमा एकता हुने नसक्ने जिकिर गरे । सर्लाही-४ बाट वारेसमार्फत उम्मेदवारी दिएका थापा सोमबार बिहान पहिलो पटक सर्लाही पुगेका छन् ।

#arghakhanchicom #arghakhanchidotcom #गगनथापा #मधेश #देशजोडौं #राजनीति

Nepal life insuranceimagesimages