काठमाडौ । उपसमितिले जुटाएका सहमतिहरुलाई अनुमोदनको लागि संविधानसभाअन्तर्गतको संवैधानिक समितिको बैठक आज बोलाइएको छ ।
आफू मातहतको विवाद समाधान उपसमितिले सहमति जुटाएका बुँदामा समेत फेरि विवाद भएपछि सव बैधानिक समितिको बैठक केहिदिनदेखि निश्कर्षमा पुग्न सकिरहेको छैन । विहान ९ बजेपछि समितिको सचिवालय सिंहदरवारबस्ने बैठकमा उपसमितिको बैठकमा यसअघि भएका सहमतिका बुँदाहरुलाई अनुमोदन गर्नको लागि छलफल हुने उपसमिति सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।
एकीकृत माओवादी बरिष्ठ उपाध्यक्ष मोहन बैद्य समूहबाट संबैधानिक समिति र उपसमितिमा प्रतिनीधित्व गर्ने नेताहरुले उपसमितिले सहमति गर्दैमा सबै बिषयलाई अनुमोदन गर्न नहुनेमा जोड दिएपछि संबैधानिक समितिको बैठकले कुनै निर्णय गर्न नसकेको हो । भावी संविधानको प्रस्तावनामा जनयुद्वको स्थानमा सशसस्त्र संघर्ष राख्नेमा यसअघि सहमति भए पनि बैद्य समूहका नेताहरुले जनयुद्व शब्द हटाउन नमिल्ने अडान लिदै आएका छन् ।
यसअघि उपसमितिमा जनयुद्व शब्द हटाएर सशस्त्र संघर्ष राख्ने सहमति हुँदा बैद्य समूहका नेता देव गुरुङ अनुपस्थित हुनुहुनथ्यो ।