

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य सागर ढकालले डडेल्धुराबासीसँग माफी मागेका छन् ।
डोटेली भाषामा सामाजिक सञ्जालमा लेख्दै ढकालले डडेल्धुराबासीको १३ हजार मतले देश बनाउन लागेको भन्दै ठुलो सपना देख्दा सानातिना गल्ति हुने भन्दै माफी मागेका हुन् ।

गुल्मी-२ बाट प्रतिनिधि सभाको उम्मेदवार समेत बनेका सागरले प्रचारको क्रममा अघिल्लो चुनावको अनुभव सुनाउने क्रममा डडेल्धुराका युवाले होटलमा ४०-५० हजारको रक्सि मासु खाइदिएको उल्लेख गरेको भिडियोप्रति उनको सामाजिक सञ्जालमा आलोचना भएको थियो । खासगरी डडेल्धुरा र सुदूरपश्चिममा यस क्षेत्रको अपमान गरेको भन्दै घटनाको विस्तृत विवरण सार्बजनिक गर्न माग भएको थियो ।

उनले भनेका छन्- ‘डडेलधुराका मान्सलाई धेरै-धेरै धन्यवाद। तमरो १३,०४२ मतले अब यो देश बन्नाउन लाग्या छ । ठुला सपना धेख्दा साना-तिना गल्ती हुनाइछन, माफ गरिदिया । तमरो माया कइलेइ नभुलुँलो । डडेलधुराबाटी गुल्मी जान लाग्या छु, फेरि छिट्टै भेटौँला ।’
#arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD #सागरढकाल #डडेल्धुरा #माफी #राजनीति #समाचार



