

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत ८ क्लब नकआउट चरणमा पुगेका छन् । लिग चरणका खेल सकिएपछि नकआउट चरणमा पुग्ने ८ क्लबको टुंगो लागेको हो भने बाँकी ८ क्लबको टुंगो प्लेअफबाट लाग्ने भएको छ ।

च्याम्पियन्स लिग खेलिरहेका ३६ क्लब मध्ये शिर्ष ८ स्थानमा रहेका आर्सनल, बायर्न म्युनिख, लिभरपुल, टोटन ह्याम, बार्सिलोना, चेल्सी, स्पोर्टिंग सिपि र म्यानचेस्टर सिटी नकआउट मा प्रवेश गरेका हुन् ।

त्यस्तै नवौं स्थानदेखि २४औं स्थानसम्म रहेका क्लबहरु प्लेअफ खेल्ने भएका छन् ।
प्लेअफ खेल्ने १६ टिममा रियल म्याड्रिड, इन्टर मिलान, पीएसजी, न्यूक्यासल युनाइटेड, युभेन्टस, एटलेटिको म्याड्रिड, एटलान्टा, बायर लिभरकुसेन, बोरुसिया डोर्टमण्ड, ओलाम्पियाकोस, क्लब ब्रुगे, गालाटासारे, मोनाको, क्वाराबाग, बोडो र बेनिफिका रहेका छन् । प्लेअफको ड्र शुक्रबार हुने छ ।
त्यसैगरी २५औं स्थानदेखि ३६औं स्थानसम्म रहेका सबै क्लब प्रतियोगिताबाट बाहिरिएका छन् ।



