प्रधानन्यायाधीश द्वारा संविधानसभाको म्यादका सम्बन्धमा आफूले भन्दै नभनेको कुरा सञ्चार माध्यमहरूमा आएको भन्दै खण्डन

काठमाडौं , पुस १२ – प्रधानन्यायाधीश खिलराज रेग्मीले आइतबार पाल्पामा पत्रकारसँगको भेटघाटमा संविधानसभाको म्यादका सम्बन्धमा आफूले भन्दै नभनेको कुरा सञ्चार माध्यमहरूमा आएको भन्दै खण्डन गरेका छन् ।


‘नेपालको अन्तरिम संविधान २०६३ बमोजिम न्याय सम्पादनका क्रममा अदालतले गरेका फैसला र दिएका आदेशहरू सबैका लागि बाध्यकारी हुन्छन् र कार्यान्वयनमा महत्त्व पाउनुपर्छ भनी अर्कै सन्दर्भमा दिइएको अभिव्यक्तिलाई एउटा विशेष मुद्दासँग जोडी समाचार बनाउन नहुने विषयप्रति सम्बन्धित सञ्चार क्षेत्रको ध्यानाकर्षण गर्दछु,’ सर्वोच्च अदालतका प्रवक्ता श्रीकान्त पौडेलको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ ।