

काठमाडौँ । योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालले आफ्नो अर्धसैन्य संरचना पुनः ब्युँताउने निर्णय गरेको छ ।

संगठनको केन्द्रीय समितिको भर्चुअल माध्यमबाट बसेको बैठकले देशभरका सबै निर्वाचन क्षेत्रमा विशेष सुरक्षा दस्ता परिचालन गर्ने रणनीति तय गरेको छ ।

वाईसीएलका अध्यक्ष पुष्प ओलीका अनुसार देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा मतदाता र उम्मेदवारको सुरक्षाका लागि ‘स्पेसल टास्क फोर्स’ (एसटीएफ) क्याम्पिङ गर्ने निर्णय गरेको छ । निर्वाचनका क्रममा हुन सक्ने अवरोध रोक्न र आफ्नो पक्षमा माहोल बनाउन संगठनले ‘एक बुथ, सय युथ’ अवधारणा अनुसार युवा परिचालन गर्ने समेत तयारी गरेको छ । मतदान क्षेत्रकै युवालाई त्यहीँको जिम्मेवारी दिइने र सामाजिक सञ्जालको अधिकतम प्रयोग गरिने जानकारी अध्यक्ष पुष्प ओलीले दिएका छन् ।
पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र फ्याक्सन इन्चार्ज दीपशिखाले युवाहरूलाई विशेष भूमिका निर्वाह दिएको निर्देशन अनुसार अर्धसैन्य संरचना पुनः ब्युँताउने निर्णय गरेको बताइएको छ ।
#वाईसीएल #अर्धसैन्यसंरचना #राजनीतिसमाचार #NepalPolitics #YouthWing #PoliticalUpdate #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD



